२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

अवधको होली छुट्टै चलन छुट्टै महत्व



 

‘‘सिया डाले रे सिया डाले रे…
सिया डाले राम गले जयमाला…
सिया डाले…
रामचन्द्र दुलहा बन आये,रामचन्द्र दुलहा बन आये…
वाह…लछुमन रे वाह…लछुमन रे’’

नेपालगञ्ज :  यो मौलिक गीत मधेसको शहर तथा गाउँ देहातमा होलिका बेला गाईने प्रचलित गीत हो । यो ‘धमार’ गीतहो । जसलाई होलीका अवसरमा श्रद्वा र भक्तिभावले गाईने गरिन्छ ।

यस समयमा यहाँ चौताल, डेढ ताल, उलारा, धमार तथा फागलगायतका परम्परागत गीतहरु गाईने प्रचलन छ । यसरी गाईने गीतहरुमा भक्ति तथा प्रेमभाव हुन्छ । यद्यपी फाग गीतमार्फत भने होलिकालाई गालि गरिन्छ ।

यस्ता सबै खालका गीतहरुमा सम्पुर्ण जीवन÷जगतका कुराहरु समेटिने यस समुदायका अगुवाहरु बताउछन् । यस्ता गीतहरु गाउन उनिहरु ढोल, मजिरा र झोक्काको समेत वाद्यवादनका रुपमा प्रयोग गर्ने गर्छन् । नेपालगञ्जमा भने धमार अत्यधिक रुचाईने स्थानीय नरेस सिङं ठाकुर बताउछन् ।

धमार नेपालगञ्जमा अत्यधिक रुचाईने गरिन्छ । होलीका अवसरमा यहाँका हरेक जसो घर तथा मन्दिरमा खुवै गाईन्छ । स्थानीय सुशीला बैश्यकाअ नुसार यो गीत यहाँयति रुचाईन्छ कि, उस्तै परे महिलाहरु घरै जान नपरे हुन्थ्यो भन्छन् । ‘यस्ता गीतहरुले भगवान पनि हाम्रो नजिक आउछन् । अनि हाम्रो मन पनि भक्तिभावले भरिन्छ । यसै अवसरमा हाम्रो भेटघाट पनि हुन्छ’–सुशीला भन्छिन् ।

नेपालगञ्ज साँस्कृतिक रुपमा अवध क्षेत्र हो । यहाँ होली मनाउने आफ्नै संस्कार र परम्परा छ । अवध संस्कृतिमा होलीको विषेश महत्व छ । यस समयमा यहाँका हरेक घरहरुमा ‘गोझिया–कचौडी’ नमकिन, पापड, कचरी जस्ता पकवानहरु पाक्ने गर्दछन् ।

होलिको अघिल्लो रात यहाँ होलिका दहन हुने गर्दछ । यस दिन उनिहरुले साँझ चुल्हो बाल्दैनन् । यसकारण होलिका दहन गर्ने दिन विहानै यहाँखाने कुराको सबै बन्दोबस्त गरिसकिएको हुन्छ । होलिका दहन गर्नुभन्दा केहि दिन अघिदेखि नै अवध समुदायका महिलाहरु गोबरको ‘बल्ला’ बनाउछन् । जुन ‘बल्ला’ होलिका दहनको बेला आगोमा आहुति दिने चलन छ ।

स्थानीय संगिता वैश्य होलीमा रंग र ‘गोझिया–कचौडी’ का माध्यमबाट भए–गरेका सबै दुख÷पीडा मनको मैलो मेटाउने गरेको बताउछिन् ।

प्रकाशित मिति : २०८१ चैत १ गते शुक्रबार
ताजा समाचार