अख्तियार सम्पर्क कार्यालय नेपालगञ्जमा पुस मसान्तसम्म परेका उजुरी दाङ्ग र बाँकेका अधिक

सदरलाइन संवाददाता २८ माघ २०८१, सोमबार २०:३२
 

नेपालगञ्ज :  अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म परेका सबै भन्दा बढी उजुरी दाङ्ग र दोस्रोमा बाँके रहेको पाईएको छ ।

आयोगको ३४ औं स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रममा कार्यालयको कार्यक्षेत्र बाँके बर्दिया दाङ्ग र रोल्पाबाट परेका उजुरी मध्ये सबैभन्दा बढी दाङ्ग र बाँकेको रहेको कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार आयोगको कार्यक्षेत्र भित्रका बाँके बर्दिया दाङ्ग र रोल्पा जिल्लाबाट परेका उजुरी ४ सय ७२ मध्ये २ सय ९५ वटा फच्र्याेट भएको र १ सय ७७ उजुरी बाँकी रहेका छन् ।

आयोगमा परेका जिल्ला गत उजुरीको संख्याको आधारमा दाङ्ग १ सय ७५ पहिलो, बाँके १ सय ७४ दोस्रो बर्दिया ६३ सहित तेस्रो र रोल्पा ६० वटा उजुरी सहित चौथो स्थानमा रहेको छ । गत वर्ष बाँके पहिलो, दाङ्ग दोस्रो थियो ।

कार्यालयको कार्य क्षेत्रमा रहेका ३६ स्थानीय तहमा तुलसीपुर दाङ्ग, २३ वटा उजुरी सहित पहिलो, नेपालगञ्ज २१ सहित दोस्रो, कोहलपुरमा २० सहित तेस्रो, बढैयाताल गाउपालिका १५ गंगादेव, डुडुवा दंगिशरण सुनिलस्मृती १४ गाउपालिका रहेका छन् ।

३४ औ स्थापना दिवशमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी बनाउन निर्देशन दिदै सूचनाको हक पूर्ण कार्यान्वयनलाई जोड दिए । उनले प्रदेश सरकार भ्रष्टाचारमा शुन्य सहनशिलता कायम गर्नका लागि विभिन्न आचारसंहिता तयार गरी काम अघि बढाई रहेको जानकारी दिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले समाजलाई भ्रष्टाचार मुक्त बनाउनको लागि सबैको सहकार्य र सहयोगले मांत्र संम्भव हुने कुरामा जोड दिदै भने–‘भ्रष्टाचार एकै पटक निमुर्ल गर्न सकिदैन तर, सबैको सहयोग भए न्यूनिकरण गर्न सकिन्छ । त्यसैले सहकार्य आवश्यक छ ।’


नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले सेवाग्राहीलाई कुनै पनि अतिरिक्त पैसा नतिरी सेवा पाईन्छ भन्ने विश्वास दिलाउन सक्नु पर्नेमा जोड दिए । उनले स्थानीय तहमा खासगरी दुख्ख दिने नियतले विभिन्न खालका मुद्दा लगाउने चलनले कामगर्न असहज भएको बताए ।

उनले भने–‘ काम गर्ने बेलामा सबैको चित्त बुझाउन सकिदैन । एउटाले काम पाए अर्कोले विभिन्न आरोप लगाउदै उजुरी गर्ने गर्दा काम गर्न कठिन भएको छ । कतिपयले त दुख्ख दिने नियतले मुद्दा दिने गरेको पाईएको छ ।’

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिले पछिल्लो समय अख्तियारलाई हाउगुजीको रुपमा लिने प्रबृत्तिका कारण समाजमा भ्रष्ट्राचारले प्रसय पाएको भनाई छ । उनले सञ्चार क्षेत्रलाई समयमै सूचना दिएर आफ्नो कार्य पारदर्शी गराउन सके भ्रष्टाचार न्यूनिकरण गर्नमा मद्दत पुग्ने दाबी गरे ।

आयोगको स्थापना दिवशका अवसरमा नेपालगञ्ज सम्पर्क कार्यालयमा विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो । सो अवसरमा जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र चौधरी, बैजनाथ गाउपालिकाका प्रमुख प्रकाशबहादुर शाहीलगायतले आ–आफ्नो भनाई राखेका थिए ।

३४ औं स्थापना दिवशका अवसरमा आयोजित खेलकुदमा विजेतालाई पुरस्कार प्रमाणपत्र वितरण गरीएको कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका मुख्यमन्त्रीको दृढता : भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशीलताको नीति

२८ माघ २०८१, सोमबार २०:३२
बुटवल :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन प्रवद्र्धन, जवाफदेहीता, गुनासो  सुनुवाइ,  सार्वजनिक सेवा प्रवाहलाई गतिशील बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको […]

ताजा अपडेट