‘उत्तरदायी र व्यवसायिक पत्रकारिता आजको आवश्यकता’

सदरलाइन संवाददाता १९ पुष २०८१, शुक्रबार २२:०४
 

दाङ  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रको सवलिकरणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर सञ्चार ऐनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताएका छन ।

प्रेस चौतारी नेपाल दाङबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय परिषद् सदस्य एवम् प्रदेश परिषद् सदस्यलाई बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमलाई बलियो बनाउन र संरक्षणगर्न सञ्चार ऐनलाई संशोधन गरेर सुधार गरिने बताएका हुन ।

‘संचार ऐनलाई संशोधन गरेर भए पनि मिडिया क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सरकारको योजना छ । यो काम अघि बढेको छ’ उनले भने, ‘प्रदेश सभाको हिउँदे अधिवेसनबाट ऐनलाई संशोधन गरेर मिडिया क्षेत्रको कामलाई प्रभावकारी बनाउने योजना छ ।’


उत्तरदायी र व्यवसायिक पत्रकारितालाई जोड दिदै मुख्यमन्त्री आचार्यले पछिल्लो समय देखिएका विकृती, विसंगती अन्त्यका लागि स्वयंम पत्रकारिता क्षेत्र सजग र चनाखो हुनुपर्ने धारणा राखे । ‘मर्यादित र व्यवसायीक पत्रकारीता आजको आवश्यकता हो । तर, केही विकृति, विसंगती भित्रिएका छन् । त्यसलाई निर्मुल पार्न जरुरी छ’ उनले भने,–‘प्रदेश सरकार पत्रकारहरुको हकहित सुनिश्चित गर्न दृढ र प्रतिबद्ध छ ।’

आम सञ्चार माध्यमको विकासको लागि प्रदेश सरकारले साझा नीति अवलम्बन गरेको, सबै क्षेत्रको सन्तुलित विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘सबै मिडियाको सुरक्षाको लागि सरकारले ध्यान दिएको छ । विज्ञापनहरुलाई एकीकृत रुपमा वितरण गर्नेगरी नीतिगत सुधार गर्ने योजनामा छौं’उनले भने,‘प्रदेश भित्रका सबै सञ्चार माध्यम र पत्रकारहरुलाई साझा रुपमा सम्वोधन गर्ने नीति प्रदेशको छ ।’

हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्नेगरी क्रियासिल हुन आह्वान समेत गरे । प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेकपा एमाले दाङ प्रचार विभाग प्रमुख संगित बस्याल लगायतले उत्तरदायित्व सहितको स्वतन्त्र पत्रकारीतालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीतिगत सुधार गरेर जान आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमको सहजिकरण चौतारी दाङका सचिव किरण गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा माघ सांस्कृतिक महोत्सवको मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन

१९ पुष २०८१, शुक्रबार २२:०४
दाङ :  माघी नजिकिदै गर्दा दाङमा माघ सांस्कृतिक महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महोत्सवको उद्घाटन गरेका छन । मुख्यमन्त्री आचार्यले थारु समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताए । प्रदेशमा झण्डै १५ प्रतिशत थारु समुदायको जनसंख्या छ, त्यसलाई सम्बोधन गर्दै राज्यका […]