पारिस्थितिक प्रणालीको संरक्षण मुख्य सवालः मुख्यमन्त्री आचार्य

बसन्तपुरमा प्राणीशास्त्र अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन

सदरलाइन संवाददाता १५ पुष २०८१, सोमबार १७:४०
 

बुटवल  :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणीय सन्तुलन कायम राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताएका छन् ।

पाल्पाको बसन्तपुरमा प्राणीशास्त्र सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सोमवार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताएका हुन ।

‘वातावरणीय सन्तुलन जरुरी छ । पारिस्थितिक प्रणालीलाई जोगाउन छ । यसका लागि लुम्बिनी प्रदेशमा यहाँहरुले गर्ने खोज अनुसन्धानबाट प्राप्त नतिजालाइ आधार मानेर सरकारले आफ्ना नीति, कार्यक्रम बनाउछ’–उनले भने–‘लुम्बिनी प्रदेश जैविक विविधताले धनी छ । यसलाई बाचय राख्न जरुरी छ । लोपन्मुख जिवजन्तुको संरक्षण जरुरी छ । मानिस जीवनको अस्तित्व जोगाउन पनि पारिस्थितिक प्रणाली संरक्षण गर्न जरुरी छ ।’


उनले विकास र समृद्धिको आधारको रुपमा वातावरणीय क्षेत्र रहेको, यसको संरक्षण र मितव्ययी सदुपयोगबाट दिगो विकासको आधार निर्माण गर्न सकिने बताए । प्राणीशास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा नेश्नल कंग्रेस अफ जोलोजि सुरु भएको छ ।

प्राज्ञिक, बैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरुस्लाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निश्कर्ष प्रस्तुत गरिएको नेपाल जोलोजिकल सोसाइटिका अध्यक्ष प्राध्यापक प्रा.डा. महेन्द्र महर्जनले बताए ।

सम्मेलनमा जैविक विविधता र पारिस्थितिक प्रणाली, मानव बन्यजन्तु द्वन्द्व र न्युनिकरण लगायतका विषयमा छलफल भइरहेको छ । सम्मेलनमा देशभरबाट १५० भन्दा बढि प्राणीशास्त्रीहरुको सहभागीता रहेको छ । प्राणीशास्त्री र अनुसन्धानकर्ताहरु लुम्बिनी केबलकारको यात्रा मार्फत माथिल्लो स्टेशन बसन्तपुरमा सम्मेलन गरी प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर दर्शन समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा सन् २०२४ मा एघार लाख ४७ हजार पर्यटक भित्रिए

१५ पुष २०८१, सोमबार १७:४०
काठमाडौँ :  सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्क अनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा […]