साइबेरियामा अत्यन्तै दुर्लभ बच्चा म्यामथ फेला

सदरलाइन संवाददाता ९ पुष २०८१, मंगलवार १३:०३
 

एजेन्सी :  रुसी वैज्ञानिकहरूले याकुटियाको पर्माफ्रस्टले ढाकिएको क्षेत्रमा फेला परेको बच्चा म्यामथको उल्लेखनीय रूपमा संरक्षित अवशेषहरू प्रदर्शन गरेका छन् ।

पचास हजार पुरानो पोथी म्यामथलाई ‘याना’ नाम दिइएको छ । यो यसै गर्मीमा फेला परेको नदीको नामबाट राखिएको हो । विशेषज्ञहरूका अनुसार ‘याना’ विश्वकै सबैभन्दा राम्रोसँग संरक्षित म्यामथको शव हो र यो अहिलेसम्म फेला परेका सात पूर्ण अवशेषमध्ये एक हो ।

मृत्यु हुँदाको उमेर ‘एक वर्ष वा केही बढी’ अनुमान गरिएको छ, जसको सही उमेर पत्ता लगाउन अब अध्ययनहरू गरिनेछ । क्षेत्रीय राजधानी याकुत्स्कको फेडरल युनिभर्सिटी अफ द नर्थ इस्टमा शव प्रदर्शन गरिएको संस्थाले विज्ञप्तिमा जनाएको छ ।


“म्यामथको असाधारण संरक्षणले हामी सबैलाई आश्चर्यचकित पा¥यो”, कुलपति अनातोली निकोलायेभले भन्नुभयो । अनुसन्धानकर्ता म्याक्सिम चेप्रासोभले यो एउटा ‘अद्वितीय खोज’ भएको बताउनुभयो ।

अवशेषको तौल १८० किलोग्राम छ र यो १२० सेन्टिमिटर अग्लो र २०० सेन्टिमिटर लामो छ । बटागाइका अनुसन्धान केन्द्र नजिकै शव उत्खनन गरिएको थियो । त्यहाँ अन्य प्रागऐतिहासिक जनावरहरू–घोडा, बाइसन र लेमिङको अवशेषहरू पनि फेला परेका छन् ।

विश्वविद्यालयका अनुसार यो खोजअघि विश्वमा जम्मा छवटा म्यामथका शवहरू फेला परेका थिए– पाँचवटा रुसमा र एउटा क्यानडामा ।

याकुटिया आर्कटिक महासागरको सिमानामा रहेको दुर्गम क्षेत्र हो । यसको पर्माफ्रस्टले विशाल फ्रिजरको रूपमा काम गर्दछ । यसले प्रागऐतिहासिक जनावरहरूको अवशेषहरू सुरक्षित गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फुटवलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पताल विच छुट दिने सम्झौता

९ पुष २०८१, मंगलवार १३:०३
नेपालगञ्ज : फुटबलर्स मिसन टुगेदरको उद्देश्य अनुरुप फुटवलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पताल विच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी ५ वर्षे सम्झौता सम्पन्न भएको छ । मिसन टुगेदरमा आवद्ध पूर्व फुटवलर, प्रशिक्षक, रेफ्री, अफिसियल तथा निजका परिवारले स्वास्थ्य परिक्षण, ल्याव टेष्ट, दुर्घटना भई उपचार (स्वास्थ्य उपचार) गराउदा २०% छुट प्राप्त […]