प्रदेश सरकारको काम मिडियाबाट अनुगमन गर्न मुख्यमन्त्री आचार्यको भनाई

सदरलाइन संवाददाता २० मंसिर २०८१, बिहीबार १८:३८
 

देउखुरी :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरुलाई मिडियाको माध्यमबाट मुल्यांकन गर्न आग्रह गरेका छन् ।

बागेश्वरी अशल शासन क्लव(बास)का प्रतिनिधि सहित पत्रकारहरुसंग भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गरेका कामलाई नागरिक माझ पु¥याउन मिडियाको माध्यमबाट मुल्यांकन गर्नुपर्ने बताएका हुन ।

‘प्रदेश सरकारले काम गरेको छ । तर, गरेका कामहरुलाई समेत बाहिर ल्याउन नसक्दा नकारात्मक धारणाको विकास भएको देखिन्छ । प्रदेश सरकारले जनसरोकारको पक्षमा, सुशासन र भ्रष्टाचार निवाकरणकालागी गरेका कामहरुलाई प्राथमिकता दिन जरुरी छ’–मुख्यमन्त्री आचार्यले भने–‘भ्रष्टाचार बिरुद्धको पाँच बर्षे रणनीति पास गरेर लागु समेत गरिसकेका छौं । यी क्षेत्रलाई पनि मिडियाबाट अघि बढाउन जरुरी छ ।’


नागरिकमा बढ्दै गएको निरासालाई आशामा बदल्नेगरी मिडिया क्षेत्र, सामाजिक संघ संस्थाहरुले पहल लिनुपर्ने भनाई उनको छ । बास संस्थाले लुम्बिनी प्रदेश सरकारका अशल अभ्यास र उपलब्धिमा आधारित प्रकाशन, प्रशारणको काम गर्न परियोजना समेत सञ्चालन गरेको बारेमा जानकारी गराईको थियो ।

यस्तै प्रमुख सचिव महादेव पन्थलाई पनि कार्यक्रमबारे जानकारी गराइएको छ । जनस्तरमा प्रदेश सरकारको कार्यक्रम पुग्ने तर, त्यसबारेमा नागरिक बेखबर हुने अवस्थाको अन्त्य गर्न मिडियो क्षेत्रको भूमिका महत्वपूर्ण हुने प्रमुख सचिव पन्थले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको कोहलपुरमा समलिङ्गी विवाह दर्ता

२० मंसिर २०८१, बिहीबार १८:३८
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले वडा नम्बर १४ को कार्यालयमा पुगेर समलिङ्गी विवाह दर्ता गराएका हुन । कोहलपुर नगरपालिका–१४ का वडाध्यक्ष नमबहादुर आलेमगरले वडा कार्यालयले नगरभित्रै पहिलो पटक समलिङ्गी विवाह […]