नेपालगञ्ज : राप्तीनदीको सिधनियाँ घाटमा प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगञ्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा कथा वाचनको पाँचौ दिनमा २५ लाख बढी संकलन भएको आयोजकले जनाएको छ ।
कथा वाचनको पाँचौे दिन २५ लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिको आर्थिक उपसिमितले जानकारी दिएको छ । वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलबाट संगीतमय भागवत वाचन श्रवणगर्न आजपनि महायज्ञमा नेपालगन्जका स्थानीय बैश्य, मारवाडी र मधेशका स्थानीयबासीको उल्लेख्य उपस्थिती रहेको थियो ।
वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको पाँचौदिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन गरेका थिए । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट अभिरुचिपूर्वक श्रवण गरेका थिए ।
आर्थिक समितिले दिएको जानकारी अनुसार कथा प्रवचनका बीच नेपालगञ्जका प्रतिस्थित पर्यटन व्यवसायी लोकेन्द्र अर्यालबाट यसअघि बोलेको रदान रकममा थप गरेर दान रकम १० लाख ११ हजार ५ सय ५५ रुपैयाँ पुर्याए । आजै नेपालगञ्ज २ की पद्मादेवी रिजालबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, पदमबहादुर घर्तीमगरबाट १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान भएको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पूर्व प्रहरी संगठनको तर्फबाट ६५ हजार २०५, नेपालगञ्ज २ की अनिता पौडेलबाट ५५ हजार ५५५, शिला श्रेष्ठबाट ५५ हजार ५५५, राँझा निवासी डिल्लीराज रेग्मीबाट ५१ हजार १२०, मारवाडी महिला मञ्चको तर्फबाट ३१ हजार, वागेश्री आमा समुहको तर्फबाट ३ हजार, वुद्धिसरादेवी चर्तीमगरबाट २५ हजार ५ सय , भारती जोशीबाट २५ हजार ५१५, डा.खिमानन्द जोशीबाट २५ हजार ५११, विमला गौतमबाट २५ हजार रुपैयाँ तथा डा. विश्वनाथ शर्माबाट २५ हजार ३३३ रुपैयाँ वैकुण्ठधाम निर्माणका लागि दान गरेका छन् ।
आध्यात्मिक महोत्सवकाबीच आज भएको तुलादानबाट २६ हजार संकलन भएको संयोजक श्रेष्ठले बताए । उनका अनुसार वैकुण्ठधाम सरकारी निकाय समन्वय समितिका संयोजक गेबिन्दप्रसाद पाण्डेकी आमा जुम्ला तातोपानी ४ की रक्षादेवी पाण्डे र नेपालगन्ज ९ बाँकेगाउँकी सासुआमा विद्यादेवी पंतको संयुक्त तुलादानबाट २६ हजार प्रदान भएको हो ।
यसैगरी आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आज पनि शिलालेखमा नाम लेखाउन भन्दै २ सय बढीले ११ हजार बढीको दान गरे भने यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ ।