वैकुण्ठधाम आध्यात्मिक महोत्सव : दोस्रोदिन दताहरुले गरे ३२ लाख बढी दान

सदरलाइन संवाददाता २४ कार्तिक २०८१, शनिबार १९:३३
 

नेपालगञ्ज :  डुडुवा गाउपालिका–५ को सिधनियामा प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगञ्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवको दोस्रो दिनको कथा वाचनसम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य उपस्थिती देखिएको छ ।

वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा सञ्चालन भई रहेको आध्यात्मिक महोत्सवको दोस्रो दिनमा ३२ लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसद श्रेष्ठले जानकारी दिए ।

आर्थिक संयोजक श्रेष्ठका अनुसार आजको कथा प्रवचनका बीच लामो समयदेखि नर्सिङ पेशमा आवद्ध सिनियर नर्श कोहलपुर ११ की स्थानीय रम्भा शर्माबाट अहिले सम्मकै सर्वाधिक १५ लाख ११ हजार रुपैयाँ वैकुण्ठधामका लागि प्रदान गरिन ।

यसैगरी नेपालगञ्जका पुराना चिकित्सक डा. केदारनाथ अग्रवालबाट ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, नेपालगञ्ज–१ की समाजसेवी लक्ष्मी खड्का कार्कीबाट ५ लाख १ हजार १ सय १ रुपैयाँ वैकुण्ठधाम निर्माणका लागि प्रदान गरेकी छन ।

त्यसैगरि वैकुण्ठधाम आध्यात्मिक महात्सवमा दाङ घोराहीका डा. किर्तीपाल सुवेदीबाट २ लाख २२ हजार २ सय २२ श्रपैयाँ, कोहलपुर १४ का पेट्रोलियम व्यवसायी टि.पी न्यौपानेबाट १ लाख ५१ हजार १५१ रुपैयाँ, नेपालगञ्ज १८ का राजनीतिकर्मी तथा व्यवसायी गोपालप्रसाद अधिकारीबाट १ लाख ११ हजार १११ रुपैयाँ, नेपालगञ्ज १२ का उद्यमी संजिव बस्नेतबाट १ लाख १ हजार रुपैयाँ प्रदान गरेको श्रेष्ठले जानकारी दिए ।


आजको यज्ञमा खजुरा ४ का उद्यमी उत्तमराज घिमिरेबाट ५१ हजार रुपैयाँ, नेपालगञ्ज २ का दयाराम पाण्डेबाट ३१ हजार ५५० रुपैयाँ र नेपालगञ्ज २ कै नारायष्ण प्रसाद पाण्डेबाट ३१ हजार ५५१ रुपैयाँ प्रदान गरेका छन् ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको छ ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।

महोत्सवमा इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाग्मतीमा सत्ता साझेदार काँग्रेस–एमालेको संयन्त्र निर्माण

२४ कार्तिक २०८१, शनिबार १९:३३
काठमाडौं  : सत्ता साझेदारका लागि वाग्मती प्रदेशमा पनि नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्र निर्माण गरिएको छ । नयाँ सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा (एमाले) बिच बनेको वाग्मती प्रदेश स्तरीय दुई दलीय संयन्त्रको नेपाली कांग्रेस प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार बसेको दुई दलका प्रदेश स्तरका […]

ताजा अपडेट