२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

अस्ताउदो सूर्यलाई अर्घ दिएर छठ मनाईदै



नेपालगञ्ज : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएर मनाइएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरको पोखरी निर्माणको क्रममा रहेको कारण छठको लागि मात्र भए पनि छठ पर्वको लागि तयार गरिएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व गत मङ्गलबारदेखि सुरु भएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने विधि विधान रहेको छ ।

षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्र्घ दिएपछि यो पर्व समापन हुन्छ ।

नेपालगञ्जको बागेश्वरी मन्दरीको तलाउ छेउमा छठीमाताको आराधना गरी रताभर जाग्राम बसेर भोली विहान उदाउदो सूर्यलाई अर्घ दिएर मनाउने चलन रहेको स्थानीय विरेन्द्र यादवले जानकारी दिए । नेपालगञ्ज उपमहानगरले मन्दीरको तलाउमा केहीमात्रामा पानी राखेर छठको पुजा गर्ने व्यवस्था मिलाएको छ ।

 

प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार
ताजा समाचार