कोशी प्रदेश सरकारको प्रवक्तामा भौतिक पूर्वाधार विकास मन्त्री राई

सदरलाइन संवाददाता २१ कार्तिक २०८१, बुधबार १८:४८
 

विराटनगर :  कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई तोकिएको छ । आज बुधबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषदको बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।


बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माण कार्यदलको समयावधी थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धीको पक्ष राष्ट्रहरुको बैठक (कोप–२९) मा पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र पर्यटन बन तथा बाताबरण सचिब विशाल घिमिरेलाई सहभागी गराउने र १० औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वका नेताहरूद्वारा रिपब्लिकन नेता ट्रम्पलाई बधाई तथा सहकार्यका लागि प्रतिवद्धता

२१ कार्तिक २०८१, बुधबार १८:४८
एजेन्सी :: अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको दाबी गर्दै विश्वका नेताहरूले उनको प्रशंसा गरेका छन् । राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उनलाई बधाइ दिने क्रम सुरू भएको हो । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई […]