नेपालगञ्जमा डेंङ्गुको जोखिम बढेपछि खोज र नष्ट गर अभियान सुरु

सदरलाइन संवाददाता १५ कार्तिक २०८१, बिहीबार १६:३६
 

नेपालगञ्ज : नेपालगञ्जमा डेङ्गुको सङ्क्रमणको उच्च जोखिम बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले खोज र नष्ट गर अभियान सुरु गरेको छ ।

उपमहानगरमा एक सय ९५ विरामी भेटिएपछि उपमहानगर क्षेत्र डेङ्गुको उच्च जोखिम देखिएकाले स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले खोज र नष्टगर अभियानको सुरुवात गरिएको बताए । बाँकेमा हालसम्म भेटिएका डेङ्गु सङ्क्रमित तीन सय ४८ डेंङ्गु संक्रमित छन । उनले नेपालगञ्जमा भेटिएका १ सय ९५ मध्ये ६६ जना गभ्भीर भएर अस्पताल समेत भर्ना भएर उपचार गराएको बताए ।

उनले भने–‘नेपालगञ्ज डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिम देखिएको रोकथामका लागि डेंङ्गु फैलाउने लामखुट्टको वासस्थान खोजेर लार्भा नष्ट गर्ने अभियान सुरु गरेका छौ । उपमहानगरका सबै वडामा लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने कार्य भइरहेको छ ।’

उनले नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेङ्गु तथा कीटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको जनाउँदै उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने बताए ।


अभियान अन्तर्गत लामखुट्टेको बासस्थान हुने पानी जमेको टायर, टिनका बट्टा, गमला, कुलर, एशी तथा खाल्डाखुल्डी सरसफाइ गरी लार्भाको नष्ट गर्ने कार्य गरिने जनाईएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको बताउदै यो अभियानमा सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको औल्याए ।

उनले नेपालगञ्ज बसपार्क क्षेत्र डेङ्गु रोग सङ्क्रमणको केन्द्रविन्दु हुनसक्ने भएकाले अभियानको सुरुआत बसपार्कबाटै गरिएको बताए । बसपार्क क्षेत्रमा रहेका ग्यारेज, यातायात व्यवसायी र मजदुरहरुलाई प्रयागविहीन भएका टायर जथाभावी नछोड्न उनले अनुरोध गरे ।

डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनाका साथै सो बारेमा समुदायमा सचेतना फैलाउने काम पनि भइरहेको नगरप्रमुख बिष्टले ।

सो अभियानमा वडा अध्यक्ष गोपाल पुन, स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवाहरु लगायतको सहभागिता रहेको थियो । डेङ्गु सार्ने लामखुट्टे घरवरीपरी जमेको सफा पानीमा बस्ने भएकोले आफ्नो घरवरीपरि प्रयोग विहिन टायर, टिन–प्लास्टिकका बट्टा, कोकका बोतल जथाभावी नफाल्न सबै नागरिकलाई अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हङ्कङमा जारी क्रिकेटमा इङ्ल्याण्डविरुद्ध नेपालको ऐतिहासिक जित

१५ कार्तिक २०८१, बिहीबार १६:३६
नेपालगञ्ज डेस्क :  हङ्कङको मोङ ककमा जारी क्रिकेटमा नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ । आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । […]

सम्बन्धित