डेंगीबाट जोगिन सचेतना र सरसफाईमा जोड दिन आवश्यक

सदरलाइन संवाददाता १२ कार्तिक २०८१, सोमबार १८:५१
 

नेपालगञ्ज : बाँकेमा बढ्दो डेंगी तथा किटजन्य रोगबाट जोगिनको लागि सचेतनामुलक गतिविधिलाई तीब्रता बनाउदै घरवरीपरी सरसफाईमा जोड दिनुपर्ने नेपालगञ्जमा सोमबार आयोजित एक कार्यक्रमका सहभागीले सुझाव दिएका छन् ।

नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखाको आयोजनामा डेंगी तथा किटजन्य रोग सम्बन्धी सरोकारवालासंगको अन्तरक्रियाका सहभागिले सो सुझाव दिएका हुन ।

उनीहरुले आफ्नो घर वरिपरि फालिएका पुराना टायर, बट्टा, रुखका ट्वड्का, गमला र ओसेप हुने ठाँउमा पानी जम्न नदिने र जमेको पानी सफा गर्न सके डेंगीबाट जोगिन सकिने भएकोले आफ्नो घर वरिपरि सफा राख्न सुझाएका हुन ।


सो कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले नगरलाई डेंगी मुक्त बनाउन अभियान नै सञ्चालन गरिने कुरा बताए । उनले उपमहानगरका सबै वडामा डेंगी फैलाउने लामखुट्टेका लार्भा खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले डेंगीबाट जोगिने उपाए सचेतना नै भएको कुरामा जोड दिदै हरेक दिन विहान १० वजे १० मिनेट कार्यालय परिसरको सरसफाईसंगै डेंगीको लार्भा खेजेर नष्ट गर्ने अभियान सञ्चालन गरिने बताए ।

एडिस जातको लामखुट्टेले टोकेर डेंगी रोगको सर्छ । बाँकेमा ३ सय ४८ जना डेंगी संक्रमित भेटिएको र यी मध्ये १ सय ९५ जना नेपालगञ्जका रहेको तथ्याङ्क छ । यो लामखुट्टे सफा पानी जमेको ठाउँमा पाईने र झिसमिसे उज्यालोदेखि साँझसम्म घर भित्रै टोक्ने हुँदा सरसफाई गरी लामो बाहुला भएको लुगा लगाउन स्वास्थ्यकर्मीको सुझाव छ ।

जिल्ला स्वास्थ्य कार्यालयका दुर्गा गौतमले बाँकेमा डेंगी रोगको अवस्थाको बारेमा र नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले नगरको अवस्थाको बारेमा अवगत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानको कपुरकोटमा मिनी ट्रक दुर्घटना हुँदा ११ घाइते

१२ कार्तिक २०८१, सोमबार १८:५१
सल्यान  :  सल्यानको कपुरकोटमा मिनि ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–६ सिनवाङ दुवेदेबाट धान र पराल बोकेर सोही ठाउँको छापनेटातर्फ जाँदै गरेको रा १ ख २४०२ मिनि ट्रक दुर्घटना हुदा ११जना घाइते भएको सल्यान प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरक्षक रेशम […]