सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह

सदरलाइन संवाददाता ११ कार्तिक २०८१, आईतवार १९:०४
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक संगठनका नेतृत्वलाई निर्देशन दिएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुसंगको भेटमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदैजानु चिन्ताको बिषय भएको बताउदै नतिजा सुधार गर्र्न निर्देशन दिएका हुन ।


‘एसइइको नतिजा के कस्तो आयो सबैलाई अवगत छ । अवको नतिजा त्यस्तो नहोस’–मुख्यमन्त्री आचार्यले भने–‘आफ्नो विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर तपाई कार्यरत विद्यालयलाई नमुना बनाउन ध्यान दिनुस ।’

सामुदायिक विद्यालयलाई सबै हिसावले नमुना बनाउनेगरी काम गर्न मुख्यमन्त्रीको निर्देशन थियो । ‘पठनपाठनको दृष्टिले विद्यालयलाई नमुना बनाउनैपर्छ’–उनले भने–‘नतिजा सन्तोषजनक देखिदैनन । यसमा सुधार गर्नैपर्छ ।’

गत असोज १२ सम्पन्न जिल्ला सम्मेलनले नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको नेतृत्व चयन गरिएको थियो । संगठनका जिल्ला अध्यक्ष मिनराज शर्माले कार्यालयको भवनलाई सिकाई केन्द्रको रुपमा विकास गर्नेगरी साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकारले सहयोग गर्नुपर्ने भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *