कोशी प्रदेशको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा करुणा फाउण्डेशनको १० लाख सहयोग

सदरलाइन संवाददाता ८ कार्तिक २०८१, बिहीबार १८:४७
 

विराटनगर : प्रदेश सरकारको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा करुणा फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुननिर्माण गर्न स्थापना गरेको कोषमा फाउण्डेशनले सहयोग गरेको हो ।

आज एक कार्यक्रमका बीच करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटा र निर्देशक योगेन्द्र गिरीले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हस्तान्तरण गरेका हुन ।


बाढी, पहिरो तथा डुवानले भएको क्षतिको दू्र्तगतिमा पुनःनिर्माण गर्न आवश्यक रहेको कारण सहयोग गरिएको करुणा फाउण्डेशनले जनाएको छ । चेक बुझ्दै मुख्यमन्त्री कार्कीले पुनः निर्माण तथा मर्मतसम्भारका लागि फाउन्डेसनले सहयोग गरेर सुरुवात गरेकोमा धन्यवाद दिए ।

मुख्यमन्त्री कार्कीले सबै क्षेत्रलाई कोषमा सहयोग गर्न समेत आग्रह गरे । यस कोष प्रदेशको पुनर्निर्माणमा महत्त्वपूर्ण हुने उनले बताए ।

करुणा फाउण्डेशनले प्रदेश सरकार र स्थानीय तहसँगको साझेदारीमा कोशी प्रदेशका स्थानीय तहमा अपांगता रोकथाम तथा पुनःस्थापनासम्बन्धी काम गर्दै आएको छ । चेक हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र प्रमुख सचिव केदारनाथ शर्मासमेत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राज्य संयन्त्रलाई बलियो बनाउने गरी भूमिका बढाएका छौंः मुख्यमन्त्री आचार्य

८ कार्तिक २०८१, बिहीबार १८:४७
कपिलवस्तु : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राज्य संयन्त्रलाई बलियो बनाउनेगरी प्रदेश सरकारले भूमिका बढाएको बताएका छन् । गर्गगोत्री आचार्य समाज कपिलवस्तुले बिहिवार आयोजना गरेको चाडपर्व बिशेष शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आफु नेतृत्व सरकारले राज्य संयन्त्रलाई बलियो बनाउने गरी भूमिका बढाएको बताएका हुन । […]