नेपालगञ्ज : बाँकेमा बडा दशैका लागि जिल्लाका विभिन्न स्थानमा स्थपाना गरिएका दुर्गा भगवतीको मुर्ती आज एकादशीको दिन कडा सुरक्षाका बीचमा नगर परिक्रमा गरी राप्तीनदी तथा मानखोलामा विर्षजन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक आयुष प्रसाद जोशीले बाँकेको कम्दीघाटमा रहेको राप्ती नदीमा ४ सय ५० बढी मुर्ती बिर्शजन गरिएको जानकारी दिए ।
यसैगरी उनले कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएको यस्ता मुर्ती मानखोलामा करिव ५० वटा मूर्ती विषर्जन गरिएको जानकारी दिए ।
उहाँले विजया दशमीको अवसरमा बाँकेमा स्थापना गरिएका करिव ५ सय दुर्गा भगवतीका मूर्तीहरु शान्ति पूर्वक विषर्जन गर्नको लागि सुरक्षा प्रबन्धका लागि १ हजार ५ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाईएको र सुरक्षाको थप प्रबन्ध मिलाउन ड्रोनबाट समेत निगरानी राखिएको जानकारी दिए ।
प्रहरी नायव उपरिक्षक जोशीले बाँकेमा मूर्ती विर्षजन गर्दा कुनै पनि अबरोध तथा अपृय घटना हुन नदिन पूर्ण तयारीका साथ टोली तैनाथ गरिएको बताए ।
यसैबीच मूति विर्षजनका क्रममा कुनै पनि अपृय घटना नभएको बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।