प्रहरी महानिरिक्षक कुँवरद्वारा सकलदर्जालाई टिका जमरा प्रदान

सदरलाइन संवाददाता २७ आश्विन २०८१, आईतवार १८:४५
 

काठमाण्डौ :  प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले वडा दसैं २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा रहेको प्रहरी महानिरीक्षकको निवासमा उपस्थित भएकाहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।


सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टिका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिईन । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो ।

टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षक टेकप्रासद राईलगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो । टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कडा सुरक्षाका साथ शान्तिपूर्वक दुर्गामूर्ती विषर्जन गरियो

२७ आश्विन २०८१, आईतवार १८:४५
नेपालगञ्ज  : बाँकेमा बडा दशैका लागि जिल्लाका विभिन्न स्थानमा स्थपाना गरिएका दुर्गा भगवतीको मुर्ती आज एकादशीको दिन कडा सुरक्षाका बीचमा नगर परिक्रमा गरी राप्तीनदी तथा मानखोलामा विर्षजन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक आयुष प्रसाद जोशीले बाँकेको कम्दीघाटमा रहेको राप्ती नदीमा ४ सय […]

सम्बन्धित