धुमधमका साथ फुलपाति भित्र्याईयो

सदरलाइन संवाददाता २४ आश्विन २०८१, बिहीबार १६:३६
 

नेपालगञ्ज :  वडा दशैको सातौं दिन अर्थात फुलपातीको अवसरमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा विधिपूर्वक पूजाआजा गरी फुलपाती भित्र्याईएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन रहेको छ ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याएर शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । नेपाली सेना, प्रहरीको बेण्डबाजा,पञ्चेबाजा, पञ्चकन्याले सिगारिएर फुलपाति बोकेर बागेश्वरी मन्दीरमा पुगेको थियो ।


केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिने चलन रहेको बागेश्वरी मन्दीरका मूलमहन्त चन्द्रनाथ योगीले जानकारी दिए ।

नेपालगञ्जको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा विहानको शुभसाईतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फुलपाति बढाई गरेका छन् । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपाली सेना बज्र दल गणका गणपति तथा प्रमुख सेनानी रविन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्की, सशस्त्र प्रहरी ३० नं गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक बिमल डाँगी, राष्ट्रिय अनुसंधानका प्रमुख ओमबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागेश्वरी मन्दीरमा यसवर्ष करिब डेढसयले जिब्रो छेडेर गरे देवीको दर्शन

२४ आश्विन २०८१, बिहीबार १६:३६
नेपालगञ्ज  : पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा बडादशै नवमीको दिनमा आफ्नो भाकल पुरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर पूजाआजा गर्ने चलन परापूर्वकालदेखि चलि आएको छ । यसै परम्परालाई धान्नको लागि नवरात्राको ब्रतबसेर नवमीको दिनमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गरेको बताउछन् बाँके डुडुवा […]

सम्बन्धित