बाँके प्रहरीले सर्वसाधरणका लागि पिङ्ग निर्माण गरी सञ्चालनमा ल्यायो

रुद्र सुवेदी २१ आश्विन २०८१, सोमबार ११:१९
 

नेपालगञ्ज  :  जिल्ला प्रहरी कार्यालय बाँकेले बडा दशैको अवसरमा सर्वसाधरणका लागि लिंङ्ेपिङ्ग निर्माण गरि सञ्चालनमा ल्याएको छ । बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले बडा दशैको अवसरमा सर्बसाधारण, प्रहरी परिवारले बडा दशैको अवसर पारेर जिल्ला प्रहरी कार्यालयको गेटबाहिर लिङ्गेपिङ्ग निर्माण गरि सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले झट्ट हेर्दा पिङ पनि मनोरञ्जनकै लागि खेलिने भएपनि हाम्रो परम्परा अनुसार वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताले पनि धेरैलाई पिङ खेल्नका लागि प्रेरित गर्ने भएकोले बडा दशैको अवसर पारेर पिङ्ग खेल्ले चलन चलि आएको बताए ।

दशैमा पिङ्ग खेल्ने चंगा उडाउने चलन पहाडि क्षेत्रमा भएपनि तराईमा भने पिङ्गको चलन हराउदै गएकोले पिङ्ग निर्माण गरी सञ्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पिङको महत्व यस्तो छ

ग्रामिण क्षेत्रमा आँगनका डिलमा ढकमक्क सयपत्री र खेतबारीका पाटामा तोरी फुल्न थालेपछि, खेतमा धान र बारीमा कोदोको बाला लहलह झुल्न थालेपछि, अनि गाउँ टोलमा सरसफाई गरि लिपपोत गरेपछि दशैंका रौनक नै बेग्लै हुन्छ । आकाशमा चङ्गाहरु उड्ने, गाउँका खुला स्थानमा लिंगे र चर्के पिङ हाल्न थालेपछि दशैंको महत्व झल्किन्छ ।

    देशका विभिन्न स्थानमा रहेका र बैदेशिक रोजगारीका लागि घर छाडेकाहरु घरमा फर्किदा परिवारसंगै समाजको खुसीमा दशैंको पद देखिन्छ । तर पछिल्लो समय यस्ता सबै कार्य इतिहास भइसकेका छन् । दशैं परम्परासँग जोडिएका चङ्गा, पिङ लगायतका मनोरञ्जनका माध्याम अहिले लोप भइसकेका छन् । पुराना पुस्ताले यस्ता सबै कार्य नगरि हुन्थेन, किनकी त्यो समयमा सबै कार्य मनोरञ्जनमा मात्र सीमित ठानिदैनथ्यो ।

हाम्रा हरेक पर्वहरुमा गरिने कार्य धार्मिक परम्परासँग जोडिएका कुरा मात्रै होइनन कही कतै आफैमा वैज्ञानिक रुपमा पनि जोडिएका छन् । पिङ र चङ्गासँग पनि विज्ञान जोडिएको विज्ञहरुके भनाई छ । चङ्गाले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ ।


चङ्गा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो । चङ्गा उडाउन मन्द हावाको बहाव चाहिन्छ । विजय र वर्चश्वको बोझ लिएर उड्ने चंगा एक रोमाञ्चक खेल मात्र होइन, जीवन दर्शन पनि हो । यो उमंगको प्रतिक हो, स्वच्छन्दको प्रतिक हो, उचाईको प्रतिक पनि हो । भनिन्छ, चंगा उडाउँदा हामी दुःख, पीर भुल्छौं । खुसीले आकाश छोएको महशुस गछौं । दम्भ, रिस, राग सबै भुल्छौं । मनमा उमंग छाइरहेको हुन्छ । यसले हामीमा महत्वकांक्षा जगाउँछ । आकाश छुनुपर्छ भन्ने सन्देश दिन्छ । धागोले बाधिएर लट्टाईबाट नियन्त्रण गरिने चङ्गालाई अनेकन रुपमा लिने गरिन्छ ।

यस्तै विभिन्न तरिकाले खेलिने पिङले पनि खुसी र उमंगलाई नै जोड्ने गर्दछ । मानिस खुसी भएर धर्ती छाडि हावामा रहने भएकाले खुसी र आनन्दको क्षणका लागि पिङले बेग्लै महत्व दिने गरेको जानकारहरु बताउछन् । झट्ट हेर्दा पिङ पनि मनोरञ्जनकै लागि खेलिन्छ । तर हाम्रो परम्परा अनुसार वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताले पनि धेरैलाई पिङ खेल्नका लागि प्रेरित गर्छ ।

दशैंमा हामी सामान्य दिनभन्दा बढी खानेकुरा खाइरहेका हुन्छौं, त्योपनि मासुजन्य परिकार, यसरी दशैंको बेला आवश्यक्ताभन्दा बढी खानेकुरा खाइने भएकाले उक्त खानेकुरा पचाउन पिङ खेल्ने गरिएको कतिपयको तर्क छ । यो तर्क यसकारण सही लाग्छ कि, पिङमा मच्चिने क्रममा शरीरको सम्पूर्ण व्यायाम हुन्छ । दशैंको समयमा त्यती धेरै शारीरिक श्रम नगर्ने भएकाले हाम्रो शरीर यसैपनि शिथिल भइरहेको बेला पिङ खेल्नाले शरीर स्वास्थ् हुने हुने गर्दछ ।

यसरी अनेकन महत्व रहेका हाम्रा पुराना सस्कृति जोगाउन नयाँ पुस्ताले चासो नदिएको पाइएको छ । पुराना पुस्ताले मनोरञ्जनका रुपमा लिदै आएको यस्ता साधनको संरक्षणमा तीनै तहको सरकारले ध्यान दिएर जोगाउन पर्ने अवस्था देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेख तस्रो फलोअप : अन्तत दर्ता भयो विशेष नगरसभाको प्रस्ताव

२१ आश्विन २०८१, सोमबार ११:१९
दैलेख  : दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको असोज ३ गतेको कार्यापालिकको वैठकले ७१ जना करार सेवाका कर्मचारी हटाएपछि सिर्जना भएको विवाद अन्तत विशेष नगरसभाको प्रस्तावसम्म पुगेको छ । आफैले हस्ताक्षर गरेको आर्थिक वर्ष.०८१–०८२को बजेट रातो कितावमा आउदा फरक रुपले आएको भनि असोज १३ गतेका दिन कार्यापालिकामा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान […]