पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आइलाग्योः प्रधानमन्त्री

सदरलाइन संवाददाता १५ आश्विन २०८१, मंगलवार १९:०५
 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपद्पछि पुनर्निमाणमा योजनाबद्ध ढंगबाट अघि बढने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले सरकार जनताले भोगिरहेको पीडामा उद्दार, राहत, सहयोग र पुनर्निर्माणका काममा लाग्ने बताएका हुन ।

यस प्रकारको विपत्ति आउला भन्ने अनुमान नभएको भन्दै सरकारले गरेको पूर्व तयारी भएपनि यति ठुलो होला भन्ने अनुमान नगरिएको भन्दै विपदमा नेपाली एक भएर साझा विपत्तिको सामना गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । उनले विपद्मा सरकारले राम्रा काम गरेको भन्दै कमजोरी मात्र देखाउन नमिल्ने बताए । ‘सरकाले केही गर्दै नगरेको होइन सक्दो गरेको छ । यद्यपि आगामी दिनमा कमी कमजोरी हुन दिनुहुँदैन’, प्रधानमन्त्रीले भने ।


प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गदै भने–‘यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ । कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरु भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।’

प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरे । उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताए ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका पालामा नियुक्तिको प्रक्रिया सुरु भएको र त्यसमा उठेको अनियमितताका सवाल रोक्न आफूले आग्रह गरेको र आफूलाई कुनै पनि नियुक्तिवापत् कुनै लाभ लिनु आवश्यक नभएको स्पष्ट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कवि दीप दर्पणको कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

१५ आश्विन २०८१, मंगलवार १९:०५
काठमाडौ  :  कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचित भएको छ । काठमाडौँमा एक कार्यक्रमकाबिच ५२ वटा कविता समेटिएको कविता संग्रह सार्वजनिक गरिएको हो । कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योती जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन् । […]