लुम्बिनीका मुख्यमन्त्री आचार्य भन्छन :  नियतमा खोट छैन, कमिकमजोरी भए सच्चिन तयार छौं

सदरलाइन संवाददाता २५ भाद्र २०८१, मंगलवार १५:५९
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नियतमा कुनै खोट नभएको बतएका छन । उनले नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मंगलबार घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

उनले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गर्दै तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागि मिडिया क्षेत्रबाट लग्न आग्रह गरे ।

मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न आह्वान गर्दै भने–‘सरकार सच्चिन चाहन्छ । त्यहीँ भएर तथ्यमा आधारित भएर आलोचना गर्नुस् । हामी सच्चिन तयार छौं । आलोचना गर्न नडराउनुस, म सच्चिन चाहन्छु, सकिन चाहदैन । यहाँहरुले गर्ने तथ्यमा आधारित आलोचनाबाट सच्चिएर अघि बढ्छौं ।’ मुख्यमन्त्री आचार्यलेले नियतमा खोट नभएको, कमिकमजोरी भए सच्च्याउन तयार रहेको स्पष्ट पारे ।

राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेको र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नामा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताको बन्धनमा राखिएको स्पष्ट पारे ।

उनले भने–‘मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागू गरेका छौं । यो आचारसंहिताले मुख्यमन्त्री र मन्त्रीको नाममा हुने फजुल खर्च नियन्त्रण गर्छ । जिल्ला भ्रमणको क्रममा हुने होटलको खर्चको बिल सरकारले भुक्तानी गर्दैन । अनावश्यक खर्चलाई नियन्त्रण गर्न हामी प्रतिबद्ध छौं ।’

उनले पूर्व बिशिस्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेको बताए । ‘पदबहाली गरेको ४७ दिन भयो । सरकारले यो अवधिमा सुशासन, पारदर्शीको क्षेत्रमा केही महत्त्वपूर्ण कामहरु अघि बढाएका छौं’–उनले भने–‘सरकारले जनतामा आशा जगाउन काम थालेको छ । यहाँहरुको सहयोगको खाँचो छ ।’


उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरेका छन् ।

उनले पत्रकारितामा नयाँ आयाम थप्ने काम गरेको भए पनि विश्वसनिय सूचना र समाचारको अभाव हुन थालेको, एकतर्फी सूचनाले भ्रम छर्ने गरेको आफ्नो बुझाई रहेको बताए ।

उनले भने–‘समाज रुपान्तरणको लागि मिडिया क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । जनताको पक्षमा बुलन्द आवाज उठाउने मिडिया क्षेत्र हो । संघियतालाई बलियो बनाउनेगरी मिडिया क्षेत्रबाट भूमिका बढाउन जरुरी छ ।’

मन्त्री न्यौपानेले प्रदेशले गरेका राम्रा योजना र कामहरुको प्रचारप्रसार बढाउनु पर्ने,राम्रा कामको प्रचार गरेर अघि बढ्नुपर्ने बताए । संघियताको मर्म अनुसार प्रदेश सरकारले काम गरेको भन्दै आम जनताको दिनचर्या सहज बनाउनेगरी मिडियाबाट खबरदारी गर्न आग्रह गरे । उनले तीन तहको सरकारको विचमा प्रभावकारी समन्वयका लागि तयार हुनुपर्ने, समग्र प्रदेशको विकासको लागि सहकार्य जरुरी रहेको स्पष्ट पारे ।

पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डाक्टर विकास लामिछाने, नेपाल पत्रकार महासंघका संस्थापक टिकाराम रेग्मी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन, नेपाल संस्कृति विश्व विद्यालयका रजिस्ट्रार माधव अधिकारी, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसी, राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासी, नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा माओवादी केन्द्रका सचिव विश्वराज आचार्य लगायतले समाजलाई सहि दिशा प्रदान गर्न मिडियाको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिएका थिए ।

महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य कार्यालय बाँकेको वार्षिक प्रगति समीक्षा बारे दुईदिने गोष्ठी

२५ भाद्र २०८१, मंगलवार १५:५९
नेपालगञ्ज  : जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आर्थिक वर्ष २०८०–०८१ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको दुई दिने जिल्ला स्तरीय वार्षिक प्रगति र समिक्षा गोष्ठी आयोजना गरेको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सुरु भएको गोष्ठीमा आर्थिक वर्ष २०८०–०८१ मा जिल्लामा स्वास्थ्यका क्षेत्रमा भएका प्रगतिको समिक्षा गरिने र आगामी आर्थिक वर्षका लागि […]