‘नरैनापुरमा झाडापखाला प्रकोपको रुपमा छैन’

रुद्र सुवेदी १७ भाद्र २०८१, सोमबार १९:१५
 

 नरैनापुर (बाँके)  : बाँकेको नरैनापुर गाउपालिका वडानं.–३ को गेग्ली गाउँमा फैलिएको झाडापखला प्रकोपको रुपमा नरहेको नरैनापुर गाउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाले आइतबार एकै दिन झाडापखलाका कारण गेग्लीमा चारजनाको मृत्यु भने नभएको स्पष्ट पारेको छ । बाँकेको नरैनापुर गाउपालिका वडानं.–३ को गेग्ली गाउँको श्यामलाल पासीको घरमा देखिएको झाडापखला प्रकोपको रुपमा नरहेको नरैनापुर गाउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

बाँकेको नरैनापुर–३ गेग्लीका श्यामलाल पासीको एकै घरका ३ जनाको ज्वरो आउने पेट दुख्ने समस्याका कारण मृत्यु भएपछि आफुहरुलाई जानकारी प्राप्त भएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिए ।

उनले गेग्लीमा एकैदिन झाडा पखलाबाट कसैको पनि मृत्यु नभएको जानकारी दिदै भने–‘भदौ १२ गते ३८ वर्षिया उषा पासी, १४ गते ६५ वर्षिया काम्ति पासी, १२ महिनाकी नन्दनी पासी १६ गते ज्वरो आउने पेट दुख्ने समस्याका कारण अर्का १० वर्षका युसुफ शेषको ज्वरो आउने हातखुट्टा नचल्ने अवस्थामा भदौ १२ गते मृत्यु भएको जानकारी पाएका हौ ।’

उनले एकै दिन उनीहरुको मृत्यु नभएको र उनीहरुको घरको मात्र ज्वरो आउने पेट दुख्ने र नजिकको स्वास्थ्य संस्था नगएर स्थानीय स्तर प्राईभेटमा उपचार गराएको पाईएको बताए । ‘उनीहरु विरामी अवस्थामै जाँच गरेको भए थाहा हुन्थ्यो । पीडित श्यामलालको घरपरिवारले दिएको जानकारी अनुसार केही लक्षण फुड प्वाईजनसंग मिल्दो जुल्दो छ । तर, पनि उनीहरुको मृत्युको कारण यकिन गर्न कठिन भएको छ ।’

नरैनापुर गेग्लीका स्थानीय जाहेद अलि शेषले गाउमा ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने लगायतका समस्या देखिने गरेको बताउदै आफुहरु चिन्तै चिन्तामा रहेको बताए ।


नरैनापुर–३ कालाफाँटा स्वास्थ्य संस्थाका प्रमुख मो तैयब राइनले गेग्लीमा झाडा पखाला पैmलिएको जानकारी पाउने वित्तिकै आवश्यक औषधि सहितको टोली परिचालित भएको र गाउमा दुईजना बालबालिकालाई पखलाको विरामी भेटेपछि एकको स्थानीय स्तरमै उपचार गरेको र एकलाई भेरी अस्पतालमा रिफर गरिएको बताए ।

उनले महामारीको रुपमा भनिएको झाडापखालाको विरामी सोमबार दिनभरीमा दुई जना मात्र भेटिएको र त्यो पनि सामान्य उपचार गरी घर फर्किएको बताए । पालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा अधिकांश ज्वरो आउने टाउको दुख्नेलगायतका समस्या लिएर आएको जानकारी दिए ।

बाँकेको नरैनापुरमा भेटिएका झाडापखालामा हैजाजन्य किटाणु नभएको भेरीमा उपचारत बिरामीको जाँचबाट खुलेको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिए । नरैनापुर गाउपालिकाले सो गाउमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धिकरणको लागि आवश्यक औषधि बितरण गरेको छ । भेरी अस्पतालमा दैनिक झाडा पखालाका ५–६ जना बिरामी उपचारको लागि आउने गरेको अस्पतालका मेसु डा प्रकाशबहादुर थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको बाँकेको प्रशिक्षण बर्दियामा सुरु

१७ भाद्र २०८१, सोमबार १९:१५
बर्दिया : नेकपा (एमाले) बाँकेको स्कुल बिभागले आफ्ना कार्यकर्ताहरुलाई दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि आयोजना गरेको छ । नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकास सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा पार्टी महासचिव शंकर पोखरेलले मुलुकमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेससंग […]

सम्बन्धित