नेपालगञ्जमा सिमसिमे पानीमा भिज्दै निकालियो लाखेसहितको गाईजात्रा

सदरलाइन संवाददाता ४ भाद्र २०८१, मंगलवार १६:००
 

नेपालगञ्ज : एक वर्षको अवधिमा दिवंगत भएका परिवारको सम्झनामा बाँकेको नेपालगञ्ज लगायतका स्थानमा बसोबास गर्दै आएका नेवार समुदायले गाईजात्रा निकालेका छन् ।

नेवाः पुच बाँकेको आयोजना र नेपालगञ्जमा क्रियाशील नेवाः समुदायको गुठी, खलः र पुचःहरुको सह आयोजनामा निकालिएको गाईजात्रा बागेश्वरी पार्कमा पुगेर समापन भएको थियो ।

यसपटक १० वटा दिवंगत परिवारबाट फरक फरक सृङ्गार गरिएका देबी देवता र गाईको प्रतिकात्मक बालबालिका तथा बयस्कहरुको लावा लस्कर स्थानीय स्वस्तिक कटेजबाट सुरु भएर भुरेस्कुल, घरबारीटोल, धम्बोझी, सेतुबिक चोक, न्युरोड हुँदै बागेश्वरी मन्दिर परिसर पुगेर समापन भएको थियो ।

गाईजात्रामा देवी देवताका आवरणमा सृङारिएका बालबालिका सहित, तायमचा, लाखे नाच लगायतका झाँकी प्रदर्शन गरिएको आयोजक नेवा देय दबुका निबर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।


गाईजात्रा नेवाः समुदायको महत्वपूर्ण पर्व मानिन्छ । नेपालगञ्जमा मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका बाबजुद पनि नेवार समुदाय सहित मृतक घरका आफन्त र छिमेकीहरुको गाईजात्रामा उल्लेख्य उपस्थिती रहेको थियो ।

पितृहरुको स्मरणमा निकालिने गाईजात्रामा सहभागी बटुवाहरुलाई सगुन खुवाएमा पितृले मुक्ति पाउने समुदायमा विश्वास रहँदै आएको छ ।

नेवाः पुचले हरेक वर्ष नेपालगञ्जमा मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाउँदै आएको छ । बिगतमा अलग–अलग निकालिने गाईजात्रा २०७८ सालदेखि सामुहिक रुपमा निकालिने गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

४ भाद्र २०८१, मंगलवार १६:००
दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् । चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका हुन । गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरि ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मत माग्दै […]