२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका उपनेता चेतनारायण आचार्यको दावी पेश



दाङ्ग  : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् । आचार्यले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसमक्ष आज मुख्यमन्त्रीमा दावी पेश गरेका हुन ।

आचार्यले नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुको समर्थनमा दावी पेश गरेका हुन । केन्द्रीय सत्ता समीकरणमा नयाँ परिवर्तन भएसँगै प्रदेशहरुमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ ।

हिजो मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिएका थिए ।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमबार
ताजा समाचार