बाँकेका विभिन्न नाकाबाट एकैदिन ६ लाख बढीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

सदरलाइन संवाददाता १७ बैशाख २०८१, सोमबार २०:०४
 

नेपालगञ्ज : भन्सार छलेर ल्याईएका विभिन्न सामान सशस्त्र प्रहरीले बाँकेमा एकैदिन ६ लाख बढी मूल्य बराबरको अवैध रुपमा भन्सार छलीको सामान गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको टोलीले बाँकेका विभिन्न स्थानबाट करिब ६ लाख २४ हजार ३ सय ४० रुपैया वरावरको सामान भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गर्दा बरामद गरी आईतबार भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नं ३० गणका अनुसार कार्यालयबाट खटिएको टोलीले २ लाख ३४ हजार ४ सय ९० रुपैया बराबरको लत्ताकपडा, पेय पदार्थ, तथा किराना सामान, एक लाख ५० हजार मूल्य बराबरको सुर्ती एक सय थान कि प्याड मोवाईल सेट र ७९ हजार ५ सय बराबरको हरियो तरकारी पिप्रहवा क्षेत्रबाट बरामद गरेको हो ।


यसैगरी जमुनाहा नाकाबाट ४२ हजार ७ सय र विओपी कालावन्जर ईलाकाबाट १७ हजार १ सय बराबरको लत्ताकपडा, सकराना सामान र हरियो तरकारी बरामद भएको गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले बताए ।

विलविजक शंकास्पद रहेको आशंकामा मालवाहक टाटा योद्धा पिकप गाडी सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपरमा बुझाईएकोमा ९५ हजार १ सय ५० रुपैया जरिवाना गरि छाडिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै अन्दाजी ५ हजार बराबरका प्रतिवनिधत बेईलर कुखुराका चल्ला एक सय वटा र त्यो सँगै एक क्यारेट अण्डा पनि बरामद गरि नेपालगञ्ज पशु क्वारेन्टाईन चेकपोष्ट जमुनाहामा बुझाई नष्ट गरिसके सशस्त्र प्रहरी बल नं।३० गणले जानकारी दिएको छ ।

शनिबार एकै दिन बरामद गरिएको अवैध सामानहरु आईतबार आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नं।३० गण नेपालगन्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सकारात्मक सिकाई वातावरण निर्माण सम्बन्धी २ दिने कार्यशाला

१७ बैशाख २०८१, सोमबार २०:०४
बर्दिया : प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह (बी– ग्रुप)को आयोजनामा सन्चालित २ दिने सकारात्मक सिकाई वातावरण निर्माण सम्बन्धी कार्यशाला सकिएको छ । बर्दियाको मधुवन, वारवर्दिया, ठाकुरबाबा नगरपालिकाका र गेरुवा गाउपालिकाको परियोजना विद्यालयका शिक्षक, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, फोकल शिक्षकहरुका लागि २ दिने सकारात्मक सिकाइको वातावरण सिर्जनाका […]