नेपालगञ्ज : मदन बाबा भक्ति केन्द्रको पाँचौ बार्षिक साधारण सभाबाट शारदा तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । भक्ति केनद्रका संरक्षक समेत रहेका गुरुदेव मदन बाबाको विषेश उपस्थितिमा सो साधारण सभा सम्पन्न भएको हो ।
धनगढी उपमहानगरपालिका राजपुरमा आयोजना भएको पाँच दिने १२औ शिवसाधनाको अन्तिम दिन भक्ति केन्द्रका सदस्यहरुको सहभागितामा उक्त साधारण सभाले उपाध्यक्ष अगानी चौधरी दाङ्ग, महासचिव निशा राना कञ्चनपुर, कोषाध्यक्ष शारदा बास्तोला सल्यान, सचिव ललिता कोईराला काठमाडौँलाई सर्वसम्मत चयन गरेको छ ।
यसैगरी भक्तिकेन्द्रको बरिष्ठ सदस्यमा लोकेन्द्र कुवँर कैलाली, सदस्यहरुमा भरतमणी चौधरी दाङ्ग, चन्द्रबहादुर सुनार बर्दिया, सकुन्तला श्रेष्ठ भक्तपुर, कौशल कुमार मिश्र बाँके, कल्याणी श्रेष्ठ दोलखा, गरि अध्यक्ष लगायत ११ जना सर्व सहमतिले चयन भएको छ ।
भक्तिकेन्द्रको विधान अनुसार १५ सदस्यीय समितिमा आवश्यकता अनुसार गुरुदेव मदन बाबाले २ जना र मदन बाबा भक्ति केन्द्रका केन्द्रीय अध्यक्षले २ गरि बाँकी ४ सदस्य मनोनित गरिनेछ ।
नयाँ नेतृत्वमा आएका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरुलाई गुरुदेव मदन बाबाले आशिर्वाद दिदै सफल कार्यकालको शुभकामना बधाई व्यक्त गरेका थिए । कार्यक्रममा पुर्व मन्त्री तथा भक्ति केन्द्रका बरिष्ठ सल्लाहकार शेरबहादुर कुवँर, साँफेबगर नगरपालिकाका निवर्तमान मेयर तथा भक्ति केन्द्रका केन्द्रीय सल्लाहकार कूलबहादुर कुवँरलगायतले मन्तव्य व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएको कार्यक्रममा संस्थापक उपाध्यक्ष तथा मौजुदा कार्यसमिति बरिष्ठ सदस्य लोकेन्द्र कुवँरले कार्यक्रम संचालन गरेका थिए ।
साधारण सभामा संस्थाका अध्यक्ष शारदा तिवारीले कार्यक्रम प्रतिवेदन र महासचिव निशा रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी १२औं शिव साधनाको दोश्रो दिन मदन बाबा भक्ति केन्द्रले पहिलो पटक प्रकाशन गरेको “बाबा पुकार“ नामक अर्धवार्षिक मुखपत्रको गुरुदेव मदन बाबाले विमोचन गरेका थिए ।
बाँके अध्यक्षमा न्यौपाने
मदन बाबा भक्ति केन्द्र बाँके जिल्ला समिति बिघटन गरी नयाँ कार्यत्रसमिति गंगा न्यौपानेको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । तत्कालिन अध्यक्ष एवम् केन्द्रीय सदस्य कौशल कुमार मिश्रको अध्यक्षतामा बैठक बसी मौजुदा बाँके जिल्ला समिति विघटन गरी नयाँ नेतृत्व चयन गरिएको हो ।
नवगठित समितिमा अध्यक्ष न्यौपाने–नेपालगञ्ंज, उपाध्यक्ष राधा शाह–कोहलपुर, उपाध्यक्ष हेमनारायण चौधरी–नेपालगंञ्ज, सचिव सम्झना शाह–नेपालगंञ्ज, कोषाध्यक्ष आशा चौधरी–कोहलपुर, सदस्य परेक शाही–कोहलपुर, हेमलाल गिरी–नेपालगञ्ज, नारायणप्रसाद पाण्डे–कोहलपुर, मिना घर्ती मगर–कोहलपुर, सावित्री चौधरी–नेपालगञ्ज, खिम बहादुर रावत–राप्तिसोनारी, सरयु भट्टराई–नेपालगंञ्ज, सुमिन चौधरी–नेपालगंञ्ज, सिता वि.सी–नेपालगंञ्ज. मन्जु सुवेदी रिमाल–सम्झनाचोक र सल्लाहकारमा पूर्णिमा हमाल रहेका छन् ।