सेवानिबृत्त महिला स्वास्थ्य स्वयम सेविकाको गुनासो, राज्यले आफ्नो योगदानको मुल्याङ्कन गर्न सकेन

रुद्र सुवेदी १८ चैत्र २०८०, आईतवार २०:३५
 

नेपालगञ्ज : लामो समय स्वास्थ्यको आधारस्तम्भको रुपमा काम गरेका महिला स्वास्थ्य स्वयम सेविकाहरु उमेर हदका कारण अवकास हुँदा राज्यले आफुहरुको योगदानको कदर गर्न नसकेको गुनासो गरेका छन् ।

उमेर हदका कारण आफुहरु अवकाश हुँदै गर्दा संघ, प्रदेश र स्थानीय तहबाट उपलब्ध गराईएको उपदान रकम अत्यन्त न्युन भएको नेपालगञ्ज–१२ बाट अवकाश प्राप्त महिला स्वास्थ्य स्वयम सेविका विना पाण्डेको भनाई छ ।

स्वास्थ्यको विभिन्न खालका कार्यक्रम जनस्तरसम्म लिएर जाँदा आफुहरुले भोगेको विभिन्नखालका दुव्र्यबहार तथा सम्मान दुबैलाई अव सम्झनामा मात्र राख्ने अवस्थामा पुग्दा पनि राज्यले आफुहरुको चित्त बुझाउन नसकेको उनको गुनासो थियो ।

नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्यको जगको रुपमा सेवा प्रवाह गरेका महिला स्वास्थ्य सेविकाले समुदाय र स्वास्थ्य संस्थाबीचको सेतुको रुपमा काम गरेको भन्दै स्वयमसेविकाको योगदानको चर्चा गरे ।

बाँकेका ८ पालिकाका ३५ महिला स्वास्थ्य स्वयम सेविका अवकाश प्राप्त गरेको भएपनि नेपालगञ्जका १० र डुडुवाका ३ जना गरी १३ जना महिला स्वास्थ्य स्वयम सेविकालाई बिदाई गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद शाहीले जानकारी दिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्यको आधारस्तम्भको रुपमा मानिएको महिला स्वास्थ्य स्वयम सेविकाको योगदानको कदर गर्दै ६० वर्ष उमेर पार गरेर सेवानिबृत्त हुँदा प्रोत्साहन स्वरुप प्रदेश सरकारले ५० हजार दिने निर्णयको कार्यान्वयन गर्न बाँकेबाटै सुरु गरेको बताए ।

मन्त्री खनालले न्यून सेवामा पनि स्वास्थ्य शिक्षा जागरणमा महिल स्वमंसेवकहरुले पु¥याएको योगदान अत्यन्तै महत्वपूर्ण रहेको बताउदै मातृ मृत्युदर तथा शिशु मृत्युदरमा कमी ल्याउन महिला स्वमंसेवकहरुले सहयोगी भूमिका निर्वाह गरेको बताउनु भयो ।


उनले भने–‘न्यून सेवा सुबिधामा पनि महिला स्वमंसेवकहरुले स्वास्थ्य जागरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । यसलाई अझै प्रभावकारी बनाउने बाताबरण सिर्जना गर्न मन्त्रालयको योजना छ ।’

उनले महिला स्वमंसेविकाहरुको सेवा सुबिधा थप्ने सवालमा प्रदेश सरकार सकारात्मक भए पनि बजेट अभावका कारण नसकिएको बताउदै सेवा निवृत्त हुनेलाई भने प्रदेश सरकारले जनही ५० हजार दिने र त्यसको सुरुवात बाँकेबाट गरिएको पनि मन्त्री खनालले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा सेवा निवृत्त हुने स्वमंसेविकाले ७० हजार पाउछन् । नेपालगञ्ज उपमहानगरपालिकाले भने आफ्नो नगर क्षेत्रका स्वमंसेविकालाई थप ५० हजार दिने गरेको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए । नगर क्षेत्रका सेवा निवृत्त महिला स्वास्थ्य स्वमंसेविकाले एक लाख २० हजार पाउने छन् ।

बाँकेमा चालु आर्थिक वर्षमा ३४ जना महिला स्वास्थ्य स्वमंसेविका सेवा निवृत्त हुँदैछन् । नेपालगञ्ज उपमहानगरपालिकामा १०, जानकीमा ४, कोहलपुरमा १, राप्ती सोनारीमा ५, बैजनाथमा २, डुडुवामा ५, खजुरामा ६ र नरैनापुरमा १ जना गरि ३४ जना सेवा निवृत्त हुँदैछन् । आइतबार नेपालगञ्ज र जानकीका १३ जना महिला स्वास्थ्य स्वमंसेवाको स–सम्मान बिदाइ गरिएको हो ।

सो अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टको सभापतित्वमा भएको सम्मान तथा बिदाई कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यहरु सुशीला नेपाली, मीना सिद्दिकी, प्रदेश स्वास्थ्य सचिब डा.जनार्दन पन्थी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा घाँटी रेटिएको अवस्थामा फेला परे दाम्पत्ती

१८ चैत्र २०८०, आईतवार २०:३५
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमबार दिउँसो साढ १ बजे तिर घरमा कोही नभएको बेला सो घटना भएको पाइएको छ । बाँके प्रहरीका अनुसार खजुरा–३ बि गाउँका अन्दाजी २५–२६ वर्षका श्रीमान महेन्द्र रावत […]