नेपालगञ्जको वाटरपार्कमा मोटरबोट सञ्चालनमा ल्याईयो

सदरलाइन संवाददाता ८ चैत्र २०८०, बिहीबार १९:३६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडानं. १ को धम्बोझीमा रहेको वाटरपार्कमा मोटर बोटबाट जलविहार गर्न पाईने भएको छ ।

नेपालगञ्ज उपमहानगरले वाटरपार्कमा मोटरबोट सहितका पर्यटकिय गतिविधि सञ्चालन गर्ने उदेश्यले बोटे बोरा प्रालिलाई १० वर्षको लिज सम्झौता गरी जलविहारका लागि मोटरबोट सञ्चालन गर्न अनुमति दिएको हो ।

दुईवटा मोटर बोटबाट वाटरपार्कमा जलविहारको सेवा सुरु गरेको बोटे बोरा प्रालिका प्रजुन गिरिले सदरलाइनडटकमलाई जानकारी दिए । उनले भने–‘वाटरपार्कमा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ लगानी गरेका छौ । दुईवटा मोटरबोटले विहान ६ बजेदेखि साँझ ६ बजेसम्म सवा प्रवाह गर्ने छौ ।’


उनले नारायणी, गण्डकीमा मोटरबोट चलाएका अनुभवी गोताखोर चालकले चलाउने भएकोले भरपुर मनोरञ्जन दिने बताए । प्रतिव्यक्ति २ सय ५० टिकट लिएर वाटरपार्कमा रहेको तालमा साढे चार फन्को घुम्न पाउने व्यवस्था मिलाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय भूमि आयोग खारेज

८ चैत्र २०८०, बिहीबार १९:३६
  काठमाडौं : सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसअघि तत्कालीन सरकारले एमाले नेता देवी ज्ञवाली […]

सम्बन्धित