प्रभातफेरी गरी नेपालगञ्जमा मनाइयो मिर्गौला दिवस

सदरलाइन संवाददाता १ चैत्र २०८०, बिहीबार १३:२४
 

नेपालगञ्ज : नेपालगञ्जमा विश्व मिर्गौला दिवस मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा नेपालगञ्जमा बिहीवार एक कार्यक्रमका बीच विश्व मिर्गौला दिवस भब्यताका साथ मनाइएको हो । विश्व समुदायमा नसर्ने रोगको जोखिम बढिरहेको बेला सचेतनाका लागि विभिन्न दिवस मनाउने क्रममा बिहीवार विश्व मिर्गौला दिवस मनाइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले दिवसको अवसरमा बिहान प्रभातफेरी गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका परिसरबाट सुरु भएको प्रभातफेरी गणेशमान चोकमा पुगेर समापन भएको थियो ।


कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.पवन रायमाझी, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहरा, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सौरभ हमाल लगायतले मिर्गौला रोगको जोखिम कम गर्न आफैं सचेत हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपालगञ्ज नर्सिङ क्याम्पस, कैलपाल अस्पताल एन्ड कलेज, कलेज अफ अलाइड, नेपालगञ्ज हेल्थ क्याम्पसका शिक्षक, विद्यार्थी तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रकको ठक्करबाट कोहलपुरमा एक जनाको मृत्यु

१ चैत्र २०८०, बिहीबार १३:२४
नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडक खण्ड अन्तर्गत कोहलपुर ८ राम नगर नजिकै ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । ट्रकको ठक्करबाट कोहलपुर नगरपालिका वडा नम्बर १३ सीमरी बस्ने वर्ष ६० को रामदिन थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट डोल्पा जाँदै गरेको चामल बोकेको मालबाहक भे १ ख […]