मेनुका पौडेलको लाइभ कन्सर्ट नेपालगञ्जमा हुँदै

सदरलाइन संवाददाता ९ फाल्गुन २०८०, बुधबार १४:२१
 

नेपालगञ्ज : गायिका मेनुका पौडेलको कन्सर्ट आगामी फागुन २७ गते नेपालगञ्जमा हुने भएको छ । उनी ईन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रसंशाको शिखरमा पुगेकी कलाकार हुन ।

अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ गतेदेखि नेपालगञ्ज रंगशालामा हुने नेपाल कल्चर फेस्टिवलकै अवसर पारेर यो विशेष कन्सर्ट गर्न लागिएको हो ।

दृष्टिविहिन भएर पनि सांगीतिक क्षेत्रमा मेनुकाको लगाव र सफलताले सवैको ध्यान तानेको छ । मेनुकाले नेपाल आईडलमा भाग लिएपछि नेपालीहरु माझ चिनिएकी थिईन् ।

भारतीय गायन रियालिटि शो ‘सारेगमपा’ मा समेत भाग लिएकी मेनुकाको चर्चा त्यतिवेला चुलियो, जव उनले इन्डियन आइडलमा भाग लिएर आफ्नो स्वरको जादु छरिन् ।


इन्डियल आयडलको प्रस्तुतिले उनलाई विश्वभर चिनायो । भारतीय गीत संगीत र चलचित्र क्षेत्रका विशिष्ट र ख्यातिप्राप्त कलाकर्मीहरुले पौडेलको खुलेर प्रसंशा गरे । उनीहरुले मेनुकाको गायकी र स्वरको प्रसंशा गर्दै भारतीय महान् गायिका लता मंगेशकरसँग पनि तुलना गरेका छन् ।

इडियन आइडलकै क्रममा उनले भारतीय चलचित्र ‘सलार’ मा गीत रेकर्ड गराएर बलिउड फिल्म इन्डष्ट्रीमा ‘डेब्यु’ समेत गरेकी छन् । उनका नयाँ गीतहरु रेकर्ड हुने क्रम जारी छ ।

यो विशेष कार्यक्रमलाई ‘ लेट्स सिङ विथ मेनुका झ (मेनुका सँगै गाऔं ! ) नाम दिइएको छ – फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘गायिका मेनुकाको उपस्थितिले यस क्षेत्रका किशोर किशोरीहरुलाई पनि प्रोत्साहित गरोस् भन्ने हाम्रो उद्देश्य हो ।’

बाद्यवादन टिमसहित मेनुकाको ‘ लाइभ ’ प्रस्तुति हुनेछ । कन्सर्टको टिकट स्टल र क्याफेहरुवाट विक्री गरिनेछ भने अनलाइनवाट समेत किन्न सकिनेछ । विद्यार्थीहरुलाई विशेष सहुलियत रहनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

९ फाल्गुन २०८०, बुधबार १४:२१
नेपालगञ्ज : दाङको घोराही–तुलसीपुर सडकखण्डमा बुधवार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रा ५ प ५४५३ नम्बरको मोटरसाइकल बुधवार बिहान करिब ६ बजे घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको […]

ताजा अपडेट