योग समितिको अध्यक्षमा पुनः भट्टराई

सदरलाइन संवाददाता ५ फाल्गुन २०८०, शनिबार १७:४०
 

नेपालगञ्ज : योग समिति नेपाल केन्द्रीय कार्यालय नेपालगन्जको तेस्रो साधारण सभा एवं अधिवेशनले सर्व सहमत नयाँ कार्य समिति चयन गरेको छ । नेपालगञ्जमा शनिबार भएको अधिवेशनले योग गुरु गिरिराज भट्टराइलाई पुनः अध्यक्षमा निर्वीरोध निर्वाचित गरेको हो ।

उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा)लाई चयन गरेको छ भने सचिवमा चिरञ्जीवी ज्ञवाली, सहसचिवमा टंक पौडेल रहेका छन् । यस्तै कोषाध्यक्षमा अम्बिका कोइराला र सह कोषाध्यक्षमा मन्दरा शर्मालाई निर्वाचित गरेको छ । सदस्यहरूमा झबिलाल शर्मा, प्रेम केसी, सविता शर्मा, दिपक थापा, मेघराज बराल, प्रमोद अग्रवाल, सुनिता पन्थी र वसन्त गौतम रहेका छन् ।

यसअघि तेस्रो साधारण सभा एवं अधिवेशनको उदघाटन गर्दै लुिम्बनी प्रदेश शहरी विकास मन्त्री कुष्णा केसी नमुनाले योगाभ्यासले स्वस्थ र असल नागरिक बनाउन मद्यत पु¥याउनुका साथै सभ्य समाज निर्माणमा योगदान दिने विश्वास व्यक्त गरिन् । योगालाई सरकारले व्यवस्थित गर्न नसकेको स्वीकार्दै उनले आगामी दिनमा कार्यक्रम र वजेट छुटयाउन पहल गर्ने आश्वान दिइन् ।


प्रदेश सभा सदस्य आदेश कुमार अग्रबाल, आयुवेर्द बिभाग टेकु काठमाडौका अनुगमन अनुसन्धान प्रमुख डा प्रकास ज्ञवाली, नेपालगञ्ज उपमहानगरपालिका वडा न २ का अध्यक्ष मनोज श्रेष्ठ, योग समितिका सल्लाहकार नन्दलाल वैश्य र अधिवक्ता विश्व जित तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पत्रकारितामार्फत योगाको व्यापकता र स्वास्थ्य सचेतनामा योगदान पु¥याएवापत सदरलाइन डटकमका सम्पादक तथा नेपाल टेलीभजनका रिपोर्टर रुद्र सुवेदी, रेडियो बागेश्वरी, बागेश्वरी टिभीका स्टेशन म्यानेजर शुक्रऋषि चौलागाई,र यूथ टुडेका सम्पादक मो आलम खानलाई कदर पत्रले सम्मान गरिएको थियो । अन्य क्षेत्रबाट सहयोग पु¥याउनेलाई पनि सम्मान प्रकट गरिएको थियो ।

सचिव निमला शाहबाट बार्षिक प्रतिवेदन र कोषाध्यक्ष अम्बिका कोईरालाबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । योग समितिका प्रशिक्षक सालिक राम खनालद्धारा स्वागत मन्तब्य व्यक्त गरिएको कार्यक्रममा दुई सय ३६ जनालाई आजिवन सदस्यता पनि प्रमाण पत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–जनकपुर सिधा हवाई उडान शुरु

५ फाल्गुन २०८०, शनिबार १७:४०
नेपालगञ्ज : आन्तरिक धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पहिलो पटक लुम्बिनी प्रदेशको नेपालगञ्जबाट मधेश प्रदेशको राजधानी जनकपुरका लागि हवाई उडान शुरु गरिएको छ । यति एयरलाइन्सले शुरु गरेको पहिलो प्रवर्द्धनात्मक उडान शनिवार दिउँसो नेपालगञ्ज विमानस्थलबाट २ बजेर ४० मिनेटमा भएको यति एयरलाइन्सले जनाएको छ । जनकपुरको जानकी मन्दिर दर्शन गर्न […]