बाँकेमा रक्षा सम्वाददाता अभिमुखीकरण प्रशिक्षण

सदरलाइन संवाददाता १६ माघ २०८०, मंगलवार १७:३४
 

नेपालगञ्ज : बाँकेमा रक्षा सम्वाददाता अभिमुखीकरण प्रशिक्षण शुरू भएको छ । मंगलवार राझास्थित श्री ४ नं. बाहिनिमा शुरू भएको उक्त तालिम १९ गतेसम्म सञ्चालन हुनेछ ।

सैनिक जनसम्पर्क निर्देशनालयको आयोजनामा भइरहेको तालिममा कर्णाली र लुम्बिनी प्रदेशमा कार्यरत २० जना पत्रकारहरुको सहभागिता छ ।

तालिमको उदघाटन गर्दै उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतका पृतनापति उपरथी कृष्णदेव भट्टले सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सेनाले गरिरहेका क्रियाकलापलाई नागरिक समक्ष पु¥याउन र नागरिक प्रतिउत्तरदायी बनाउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।


तालिममा सेनाले गरिरहेका क्रियाकलाप, सेना र मानव अधिकार, सेना र नागरिक बीचको सम्बन्ध, सूचनाको हकलगायतका विषयमा विषय विज्ञहरुले प्रशिक्षण दिने उत्तर पश्चिम पृतनाका प्रवक्ता सेनानी रेनु शाहले जानकारी दिइन् ।

उनका अनुसार पहिलो दिन प्रशिक्षकका रूपमा प्रमुख सेनानी अनिल सुवेदीले सेनाको कानूनी व्यवस्था र प्रमुख सेनानी निखिल चन्दले सेना संरचनाका विषयमा प्रशिक्षण दिएका थिए । प्रमुख सेनानी सागर कार्कीले तालिमको महत्वबारे प्रकाश पार्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘समुदायमा कांग्रेस’ अभियान बाँकेमा पनि शुरु

१६ माघ २०८०, मंगलवार १७:३४
नेपालगञ्ज : नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानका लागि मंगलवारदेखि बाँकेका ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको शनिवार बसेको वैठकले ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको थियो । त्यसै अनुरुप आजदेखि जिल्ला प्रतिनिधि वडा–वडामा खटिएको जिल्ला सभापति नारायणप्रसाद गौडेलले बताए । केन्द्रीय […]