पीन नेपालगञ्जको अध्यक्षमा वर्मा

सदरलाइन संवाददाता २२ पुष २०८०, आईतवार १४:१९
 

नेपालगञ्ज : नेपाल औषधीगत विक्रि प्रबन्धक संघठन (पीन) नेपालगञ्ज इकाईको अध्यक्षमा विशाल विक्रम वर्मा सर्वसम्मत निर्वाचित भएका छन् । बर्दियाको पर्यटकिय क्षेत्र सत्खलुवा तालमा सम्पन्न नेपालगञ्ज इकाईको बनभोज तथा इकाई अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

संघठनको वरिष्ठ उपाध्यक्षमा रोहित कुमार भट्ट, उपाध्यक्षमा अमर बहादुर बम, सचिवमा माधव प्रसाद जोशी, सह सचिवमा अमृत पाण्डे, कोषाध्यक्षमा किशोर लेखक र सह कोषाध्यक्षमा सतिश गुप्ता निर्विरोध निर्वाचित भएका छन् ।

संगठनको सदस्यमा गौतम कुमार, श्याम हरि जोशी, राजेन्द्र प्रसाद अवस्थी, लक्ष्मी प्रसाद खनाल र अभिषेक राज खनाल निर्वाचित भएका छन् । सदस्य पदका लागि पनि निर्वाचन भएन ।


यस्तै संगठनले अग्रजहरु समेटेर सल्लाहकार समेत चयन गरेको छ । जसमा प्रेम खरेल, तिर्थ चौधरी, गोबिन्द जिसी, शालिकराम खनाल, जहिरुल हक जिनु, बाबुराम पौडेल र जनक राज श्रेष्ठलाई चयन गरिएको सचिव माधव जोशीले जानकारी दिए ।

नेपालगञ्जमा कार्यरत करिब ५० जना प्रबन्धकहरु उपस्थित कार्यक्रममा पेशालाई कसरी मर्यादित बनाउन सकिन्छ भन्ने विषयमा विचार साटासाट समेत गरिएको थियो । संगठनले हरेक अधिवेशन बनभोज कार्यक्रमकै आयोजना गरि गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडकभित्र रहेका अबैध घर टहरा हटाउन सडक बिभागको ताकेता

२२ पुष २०८०, आईतवार १४:१९
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले सडक सिमा भित्र भएका संरचना हटाउने सम्बन्धी सूचना जारी गरेको छ । सडक डिभिजन कार्यालय, बाँके अन्तर्गत रत्न राजमार्गको नेपालगञ्ज उप–महानगरपालिकाको सुर्खेत रोड गणेशमान चोकदेखि कारकाँदो चोकसम्म फूटपाथ व्यवस्थापन तथा शौन्दर्यकरण योजनाको रत्न राजमार्ग अन्तरगत पश्चिम तर्फको भागमा फुटपाथ निर्माण कार्य सुरु हुने भएको छ । […]

सम्बन्धित