सडक डिभिजन कार्यालय नेपालगन्जको वित्तिय प्रगति ८५ प्रतिशतमात्र

९ श्रावण २०७३, आईतवार १३:३३
 

सदरलाइनडटकम,10386835_839290106094816_5233942396835116616_n
९ साउन नेपालगन्ज : डिभिजन सडक कार्यालय नेपालगन्जले गत आर्थिक वर्षमा वित्तिय प्रगति ८५ प्रतिशतमात्रै गर्न सफल भएको जनाएको छ । गत आर्थिक वर्षमा कार्यालयको पूजिगत तर्फको रकम ५८ करोड विनियोजन गरिएको थियो ।
डिभिजनल ईञ्जिनियर राजेश यादवले नाकाबन्दी र ईन्धन अभावका बाबजुद पनि कार्यालयले भौतिक प्रगति ९० प्रतिशत र वित्तिय प्रगति ८५ प्रतिशतसम्म पु¥याउन सफल भएको जानकारी दिदै उनले भने–‘विभिन्न अबरोधका बाबजुद पनि गत आर्थिक वर्षका योजनाहरु सम्पन्न गर्न सकिएको हो । खास गरी ईन्धन अभावले हाम्रा योजनाहरु निक्कै प्रभावित भए ।’ उनले पुरै योजना सक्काउनको लागि चाँडै मनसुन सुरुवात भएकोले बाधा पुगेकोले केही योजना अधुरा रहेको बताए ।
उनले भने–‘सधै झै बाँके बर्दियामा असारको अन्त्यदेखि नै मनसुन सुरु हुने गथ्र्यो तर, यो वर्ष जेठको पहिलो सातादेखि नै मनसुन सुरु भयो जसले गर्दा केही योजनाहरु सम्पन्न हुने अवस्थामा पुगेर पनि सम्पन्न गर्न सकिएन ।’
उनले आफ्नो कार्यालयको कार्यक्षेत्र बाँके र बर्दिया भएकोले चालु आर्थिक वर्षमा स–सानो रकमको ग्रामिण सडक निर्माणको काम योजनामा परेको जानकारी दिए । उनले भने–‘ यो वर्ष ४ लाख २० हजारका बाँकेमा ३६ र बर्दियामा २४ वटा रकमको हिसावले अतिनै सानो योजना तय भएर आएका छन् । यसको कार्यन्वयनको पाटो कार्यालयलाई चुनौती हुने भएको छ ।’
डिभिजनल ईञ्निियर यादवले रकम थौरै भएपनि प्राविधिकको काम र डकुमेन्टेशनको काम उत्तिकै हुने भएकोले थोरै जनशक्तिले कम लागतमा गुणस्तरीय काम गर्न पनि कठिन हुने दावी गर्दै भने–‘सानो योजनाको काम गुणस्तरीय नहुने र सडक विभागले गरेको काम भनेर जनताले खोजेको गुणस्तर कायम गर्न नसक्दा कमाएको जस सबै जाने भएकोले हामीले जसरी पनि कार्यालयको र विभागको छविमा आँच नआउने गरी योजना सम्पन्न गर्ने तयारीमा रहेका छौ ।’
उनले यो वर्षमा बाँकेको राप्तीपारी रहेको मोरंङ्गा खोलासहित १० वटा बर्दियामा ८ सहित १८ वटा ठूला खोलामा पुल निर्माण गर्ने तयारीमा पुरा भएको जानकारी दिए । उनले भने–‘चालु आर्थिक वर्षमा बाँके र बर्दियामा १८ ठूला पुल निर्माण गरिने छ । यसको साथै हुलाकी सडकमा रहेको मानखोला तथा भादानदीको पुल सिंगल वे भएकोले पनि अर्को पुल बनाईने तथा लामो समयदेखि जिर्ण अवस्थामा रहेका कल्र्भट तथा पुलहरु पुनः निर्माण गर्ने कार्यक्रम रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रसंघ महासचिवका लागि एन्टोनियो अगाडि

९ श्रावण २०७३, आईतवार १३:३३
न्युयोर्क/एजेन्सी– संयुक्त राष्ट्र संघको आगामी महासचिवका १२ उम्मेदवारमध्ये पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुतेरेस सबैभन्दा अघि देखिएका छन् । एक मतसर्वेक्षणमा उनी स्लोभेनियाका डानिलो तुर्क र बुल्गेरियाकी इरिना बोकोवा पनि प्रतिस्पर्धामा देखिएका छन् । प्रत्येक उम्मेदवारसँग गरिएको छलफलपछि यो मतसर्वेक्षण सार्वजनिक गरिएको हो ।एन्टोनियोले राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तका रूपमा पनि १० वर्ष काम […]