राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाले सञ्चालन गरेको ‘अध्यक्षसँग बा–आमा कार्यक्रम’अन्तर्गत निरन्तर स्वास्थ्य जाँच भइरहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार, चालु आर्थिक वर्षदेखि सञ्चालन गरिएको अध्यक्षसँग बा–आमा कार्यक्रममा निरन्तर स्वास्थ्य जाँचका कार्यक्रम चलिरहेको छ ।
पालिकाले विभिन्न निकायसँग मिलेर गाउँ–गाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो । पालिकाले नेपाली सेनासँग मिलेर महादेवपुरीमा स्वास्थ्य शिविर गरिसकेको छ । त्यहाँ ६ किसिमको सेवा दिइएको थियो । वडा नं. १, २, ४, ७ र ८ नम्बर वडामा कानको शिविर चलाइएको छ । वडा नं ३ मा दाँतको शिविरको कार्यक्रम पारिएको छ । गाउँपालिकामा ‘उपाध्यक्षसँग गर्भवती सुत्केरी र अपाङ्गता सहकार्य कार्यक्रम’ पनि सञ्चालनमा रहेको छ ।
यसअन्तर्गत केही दिनमै पाठेघरको शिविर चलाउने तयारी भएको छ भने अपाङ्गता व्यक्तिको स्वास्थ्य परीक्षणको कार्यक्रम चलिरहेको छ ।