औंषधी व्यवसायीहरुका लागि प्रशिक्षण कार्यक्रम

सदरलाइन संवाददाता १६ मंसिर २०८०, शनिबार १३:२५
 

नेपालगञ्ज : औषधि व्यवसायीलाई लक्षित गरेर नेपालगञ्जमा सकारात्मक सोच तथा व्यक्तित्व विकास, औषधि ऐन तथा बिक्रीवितरण संहिता र कर एवम् लेखा परिक्षण सम्बन्धि बृहत व्यवसायी प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

नेपाल औषधि व्यवसायी संघ बाँकेको आयोजनामा कार्यक्रम शुरु भएको हो । जिल्ला शाखा बाँकेका अध्यक्ष जयदेव अवस्थीको अध्यक्षता तथा नेपाल औषधि व्यवसायी संघका केन्द्रिय सचीव कृष्ण बहादुर रोकायको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा केन्द्रिय सदस्य सरला कुमारी बिष्ट, सघंका कर्णाली प्रदेश अध्यक्ष प्रेम भण्डारी, लुम्बिनी प्रदेश उपाध्यक्ष अभय कुमार बस्नेत, नेपाल औषधि व्यवस्था बिभाग नेपालगन्जका प्रमुख निनु श्रेष्ठ, आन्तरिक राजश्व कार्यालय नेपालागन्जका कर अधिकृत कबिन्द्र प्रसाद लम्शाल लगायतको उपस्थिति रहेको छ ।

थोक बिक्रेता संघका जिल्ला उपाध्यक्ष शरदराज अधिकारीले स्वागत मनत्व्यबाट सुरु भएको कार्यक्रममा अहिले उदघाटन सत्र चलिरहेको संघका महासचिव जिवन शर्माले बताए । बृहत व्यवसायी प्रशिक्षण कार्यक्रममा जिल्लाभरका औषधि व्यवसायीहरुको सहभागिता रहेको छ ।


बाँकेमा ९ सय बढि औषधि ब्यवस्था बिभागमा दर्ता छन् । तीमध्ये ६ सयको हाराहारीमा सञ्चालनमा छन् । औषधि व्यवसायी संघमा ३५० बढी आवद्ध छन् ।

व्यवसायीलाई सकारात्मक सोच तथा व्यक्तित्व विकास, औषधि ऐन तथा बिक्रीवितरण संहिता र कर एवम् लेखा परिक्षण सम्बन्धि प्रशिक्षण दिइने महासचिव शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या

१६ मंसिर २०८०, शनिबार १३:२५
बैजनाथ (बाँके) : बाँकेको वैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य फोहर विसर्जन गर्ने मेसिन) सञ्चालन नहुँदा औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या भएको छ । स्वास्थ्य केन्द्रमा औषधिजन्य फोहर विसर्जन गर्ने दुई थान अटोक्लेभ मेसिन भए पनि दुवै सञ्चालन नगरी थन्क्याएर फोहरलाई डम्पिङसाइटमा फाल्ने गरिएको छ । औषधिजन्य फोहर डम्पिङसाइटमा […]