असल छिमेकी पोलिक्लिनिद्वारा निःशुल्क स्वास्थ्य शिविर

सदरलाइन संवाददाता ५ मंसिर २०८०, मंगलवार १४:५७
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १०, सदरलाइनस्थित असल छिमेकी सामुदायिक हस्पिटलद्वारा सञ्चालित असल छिमेकी सामुदायिक पोलिक्लिनिकले दाङका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ६ को अति विकट स्थान गौरीया नाका र गङ्दी खोला गाउँमा नाक, कान, घाँटी तथा दाँत सम्बन्धि रोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले गौरीया नाकामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । त्यहाँ विभिन्न रोगका ८० जना विरामीलाई स्वास्थ्य सेवा प्रदान गरिएको र विरामीहरुको निःशुल्क रुपमै प्रेसर सुगर जाँच गरी आवश्यक औषधि पनि निःशुल्क नै वितरण गरेको अस्पतालले जनाएको छ ।


त्यसैगरी गङदी खोला गाउँमा सञ्चालन गरेको शिविरमा १ सय २० जना विरामीलाई निःशुल्क रुपमा सुगर प्रेसर जाँच लगायतका स्वास्थ्य चेकजाँच गरी आवश्यक औषधि निःशुल्क रुपमै वितरण गरिएको अस्पतालले जनाएको छ ।

निःशुल्क रुपमै स्वास्थ्य जाँच र औषधि पाएपछि स्थानीय खुशी भएका थिए । विकट ठाउँमा पनि अस्पतालका डाक्टरसहितको टोली आएर औषधि उपचार गरिदिएको भन्दै डाक्टर र अस्पताललाई स्थानीयले धन्यवाद दिएका थिए । नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.प्रकाश बसेलको नेतृत्वमा रहेको चिकित्सकको टोलीले विरामीलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले बाँके जिल्ला लगायत विभिन्न जिल्लामा पुगेर गरीव निमुखा तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नेपाली नागरिकको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क रुपमै औषधि वितरण गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीमा उपचारका लागि आएका ६० मध्ये ५२ जना डिस्चार्ज

५ मंसिर २०८०, मंगलवार १४:५७
नेपालगञ्ज : जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगञ्जबाट घर फिर्ता भएका छन् । भुकम्पका घाइतेको उपचार तथा अन्य ब्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले गठन गरेको समितिका फोकलपर्सन स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठका अनुसार भूकम्पपछि अस्पतालमा उपचारका लागि जाजरकोट, पश्चिम […]