भेरी अस्पतालमा नक्कली भूकम्प पीडित बनेर सेवा लिने भेटिए

सदरलाइन संवाददाता २५ कार्तिक २०८०, शनिबार १४:११
 

नेपालगञ्ज : सरकारले भूकम्पबाट घाइते भएकाहरुलाई निशुल्क उपचार गर्ने घोषणा गरेसँगै भेरी अस्पताल नेपालगञ्जमा नक्कली पीडित बनेर सेवा लिनेहरु फेला परेका छन् । भूकम्प प्रभावित क्षेत्र ठेगाना भएका अन्यले पनि भूकप्प पीडित लेखाएर भेरी अस्पतालबाट निःशुल्क उपचार सेवा लिनेहरु फेला परेको हो ।

राहत पाइने र निशुल्क उपचार हुने सुनेपछि भारतबाट आफ्नो घर जाजरकोट जान लागेका एकजनाले बिरामीको झुठो विवरण दिई भेरी अस्पताल, इमेर्जेन्सी कक्षबाट सबै निशुल्क जाँच गराइ भुकम्पमा परेको भन्दै भुकम्प उपचार कक्षमा सुतेको अबस्थामा फेला परेको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

छेडागाड–१२, कार्कीगाउँ, जाजरकोट घर ठेगाना लेखाएर ७२ वर्षीय तुलसिङ ठकररीले त्यस्तो सेवा लिन खोजेको श्रेष्ठले बताए । जेष्ठ नागरिक भएकाले उनको उपचारमा कुनै कमी हुन नदिइएको बताउँदै उनले नक्कली पीडित बनेर आउने सम्भाना प्रति सजक बनाइएको बताए । बिहिबार नै जाजरकोट ठेगाना टिपाएर भूकम्प पीडित भन्दै प्रसुती हुन आएकी महिला पनि फेला परेको जनाइएको छ ।


भेरी अस्पतालमा उपचाररत भूकम्पबाट घाइते भएकालाई निशुल्क उपचार सहित घर फर्किदा महिनादिन पुग्ने खाद्य सामाग्री र कम्मल,त्रिपाल उपलब्ध गराएर पठाइएको खबर सार्वजनिक भएसँगै नक्कली पीडित बनेर सेवा लिन खोज्नेहरु फेला परेका हुन् ।

शुक्रबार मात्र उपचार पछि डिस्चार्ज भएका १३ जनालाई उपचार पछि घर फर्किने क्रममा राहत सामाग्र सहित यातायतको समेत ब्यवस्था गरि जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्रले घरसम्म पुर्याउने ब्यवस्था गरेको थियो । भेरी अस्पतालमा उपचाररत घाइतेहरुलाई र उनका कुरुवाहरुलाई समेत निशुल्क, खाना निशुल्क,खाजा पानीको ब्यवस्था गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा प्लास्टिकका माला खुलेआम बिक्रीवितरण हुँदै

२५ कार्तिक २०८०, शनिबार १४:११
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले प्लास्टिकका फुलमाला र पटाकालगायतका विस्फोटकजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । मङ्गलवार एक सूचना जारी गर्दै नगरपालिकाले प्लास्टिकका फूलमाला तथा पटाकाजन्य विस्फोटक पदार्थ आयात र बिक्री–वितरणमा रोग लगाएको हो । नेपाल सरकार वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ (१)ले दिएको अधिकार प्रयोग गरी […]

सम्बन्धित