कोहलपुरमा देउसी भैलो म्युजिक भिडियो सार्वजनिक

सदरलाइन संवाददाता २५ कार्तिक २०८०, शनिबार १४:०४
 

कोहलपुर (बाँके) : कोहलपुर नगरस्तरीय युवा क्लब संजालले समाजिक सुरक्षा र सचेतनाका लागि निर्माण गरेको संदेश मुलक देउसी भैलो गीत सार्वजनिक गरेको छ । तिहार नजिकिदै गर्दा विशेष गरि संस्कृति परम्परालाई जोड्दै वर्तमान अवस्थाको परिवर्तनको विषयलाई समेटेर तयार पारिएको गीत सार्वजनिक गरिएको हो ।

कोहलपुर क्षेत्रलाई विशेष बनाई बाँके जिल्ला भित्र भैरहेका विभिन्न क्रियाकलापहरुलाई गीतमा समेटिएको छ । संस्कृतिलाई आत्मसात गर्दै चाडपर्व मनाउ, लागुऔषध सेवन नगरौ, ट्राफिक नियमको पालना गरौ, सवारी साधनको सहि तरिकाले प्रयोग गरौ, जथाभावी फोहोर नगरौ, बोटबिरुवाको संरक्षण गरौ, धूम्रपान र मध्यापान नगरौ, सबै मिलेर सुन्दर शहर निर्माण गरौ भन्ने जस्ता शब्दहरुले गीत मार्फत संदेश दिएको छ ।

यस्तै गीतको भिडियोमा जिल्लाको प्रमुख, प्रहरी प्रमुख, ट्राफिक प्रमुख, कोहलपुर नगरपालिकाका प्रमुख र उपप्रमुख लगायत विभिन्न सामाजिक अभियान्ताहरु यस्तै विभिन्न राजनीति दलका नेताहरु, सुरक्षाकर्मी र क्लबका अन्य सदस्यहरुको अभियान रहेको छ । जिल्ला ट्राफिक कार्यलय बाँके, कोहलपुर नगरप्रहरी, यस्तै इलाका प्रहरी कार्यलय कोहलपुरको समन्वयमा र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा गीत निर्माण भएको हो ।


उक्त गीतको शब्द सिर्जना क्लबका अध्यक्ष रमेश वारले गर्नु भएको छ । यस्तै संगीत संयोजनमा गणेश बि क (गजल ) रहनु भएको छ भने बलु तामाङ र शान्ति सुनारको आवाज रहेको छ । गणेश बिस्टको निर्देशनमा कोहलपुरका विभिन्न ठाउँमा गीतको छायांकन गरिएको हो ।

विशेष सल्लाहकारको रुपमा नन्दकला आचार्य र सुन्दर तिवारी रहनुभएको छ । तानसेन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियो निक्कै नै उत्कृष्ट भएको जानकारहरु बताउँछन् । सो म्युजिक भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा नक्कली भूकम्प पीडित बनेर सेवा लिने भेटिए

२५ कार्तिक २०८०, शनिबार १४:०४
नेपालगञ्ज : सरकारले भूकम्पबाट घाइते भएकाहरुलाई निशुल्क उपचार गर्ने घोषणा गरेसँगै भेरी अस्पताल नेपालगञ्जमा नक्कली पीडित बनेर सेवा लिनेहरु फेला परेका छन् । भूकम्प प्रभावित क्षेत्र ठेगाना भएका अन्यले पनि भूकप्प पीडित लेखाएर भेरी अस्पतालबाट निःशुल्क उपचार सेवा लिनेहरु फेला परेको हो । राहत पाइने र निशुल्क उपचार हुने सुनेपछि […]