नेपालगञ्ज : गत बुधबारदेखि बाँकेको कोहलपुरमा सञ्चालन आएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ को शनिबार हुने खेलमा टिकट विक्रीबाट आउने रकमको २५ प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितलाई प्रदान गरिनेभएको छ ।
टिकट विक्रीबाट उठ्ने रकमको २५ प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितका लागि सहयोगस्वरुप प्रदान गरिने आयोजक कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिए ।
मुख्यमन्त्री गोल्डकप अन्तर्गत शनिवार नेपाल आर्मी र बि.एफ.सी. चितवनबीच प्रतिष्पर्धा हुँदैछ । आयोजकले भूकम्पमा परी ज्यान गुमाउने सबै नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । साथै घाइते सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।