आज राती खण्डग्रास चन्द्रग्रहण लाग्दै

सदरलाइन संवाददाता ११ कार्तिक २०८०, शनिबार १३:२७
 

नेपालगञ्ज : आश्विन शुक्ल पूर्णिमा आज (शनिवार) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक अपराह्न ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।

राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग)मा उल्लेख छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्न हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्न हुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्न नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए । यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ ।


चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सूतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । अपराह्न ४ः१९ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रगत अभाव टार्न राप्तीसोनारीमा ९६ जनाद्वारा रक्तदान

११ कार्तिक २०८०, शनिबार १३:२७
नेपालगञ्ज : चाडपर्व शुरु भएपछि रक्तदान कार्यक्रम घट्दैजाँदा बाँकेमा फेरि रगत अभाव भएको छ । रगत अभाव हुन थालेपछि अभाव टार्नका लागि प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जले रक्तदान कार्यक्रम गर्न सम्बन्धित सबैसँग आग्रह गरेको छ । सोही आग्रह बमोजिम जिल्लामा रक्तदान कार्यक्रमहरु आयोजना गर्न थालिएका छन् । सोही क्रममा नेपालगञ्जभन्दा […]