दसैँको अवसरमा चिसापानीमा सरसफाइ अभियान

सदरलाइन संवाददाता ४ कार्तिक २०८०, शनिबार १२:५२
 

नेपालगञ्ज : विजया दशमीको अवसरमा बैजनाथ–१, चिसापानीस्थित पुरानो वस्ती थारुगाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

चिसापानी सडक बत्ती उपभोक्ता समितिको आयोजनामा शनिबार सरसफाइ अभियान सञ्चालन गरिएको होे । कार्यक्रममा प्रमुख अतिथि बैजनाथ–१ का वडाध्यक्ष रुपबहादुर मल्लले सरसफाइ अभियान राम्रो कामको सुरुवात भएको बताए । ‘यो अभियानले आफ्नो वरपरको फोहोर आफैंले सफा राख्नुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘हामी स्वास्थ रह्यौँ भने समाज र देश पनि स्वस्थ रहन्छ ।’


फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले ४० लाख छुट्याएको उनको भनाइ छ । व्यवसायीबाट फोहोर संकलकले दस्तुर उठाए पनि सर्वसाधारण नागरिकको फोहोर भने निःशुल्क उठाउने गरी सम्झौता भएको उनले बताए ।

उपभोक्ता समिति अध्यक्ष तुलसीराम चौधरीले समाजमा जनचेतना जगाउने उद्देश्यले सरसफाइ अभियान गरिएको बताए । आफूहरूले सडक बत्तीको शुभारम्भसँगै अन्य विभिन्न किसिमका सामाजिक कामहरू पनि गरिरहेको बताए ।सरसफाइ अभियान सामाजिक विकास मञ्च र चिसापानी कृषि सहकारी संस्था लिमिटेडको सहयोगमा सञ्चालन भएको हो । कार्यक्रमको शुभारम्भ र समापन समारोहको सञ्चालन स्थानीय समाजसेवी चम्पसिंह थापामगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुरक्षा निकायका प्रमुखलाई ईश्वरीय विश्वविद्यालयको स्वागत

४ कार्तिक २०८०, शनिबार १२:५२
नेपालगञ्ज : ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगञ्जले बाँकेमा सरुवा भएर आएका सुरक्षा निकायका प्रमुखलाई स्वागत तथा सम्मान गरेको छ । संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा आयोजित कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख […]