२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

अपराध अनुसन्धान बारे भेरी अञ्चल प्रहरीको समीक्षा भेला



२६, असार नेपालगन्जः  अञ्चल प्रहरी कार्यालय भेरीले अपराध नियन्त्रणका लागि आफ्ना मातहातका मुद्दा चल्ने सबै युनिटका मुद्दा शाखाका अधिकारीहरुको एक दिवशिय कार्य समीक्षा भेला नेपालगन्जमा आयोजना गरेको छ ।
अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक धिरु बस्न्यातले उद्दघाटन गरेको सो कार्य समीक्षा भेलामा भेरी अञ्चलका पाँच वटै जिल्लाका प्रहरी प्रमुख, भेरीका १३ ईप्रकाका ईञ्चार्ज र मुद्दा शाखाका प्रमुख लगायतको सहभागिता रहेको छ । कार्यक्रमको उद्दघाटन सत्रलाई सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक बस्न्यातले अपाराधिक गतिविधिलाई नियन्त्रण गर्न र अनुसंधानलाई बैज्ञानिक बनाउने उद्देश्यले भेलाको आयोजना गरिएको बताए ।IMG_1498
उनले भने–‘अपराध निर्मूल गर्नको लागि अपराधिक गतिविधिको अनुसंधान अत्यन्तै गहिरो र बैज्ञानिक आधारले समेत पुष्टि हुने गरी गर्दा निर्दोस नपर्ने अपराधी नछुट्ने किसिमबाट घटनाको अनुसंधान गर्न सजिलो बनाउने नै मुख्य उद्देश्य हो ।’  उनले बेला बेलामा यस्ता कार्यक्रमको आयोजना गरिदा अनुंधानमा खटिने अनुसंधानकर्मीको मनोबल बढ्नुको साथै अपराधीले अनुसंधान नै फितलो भएका कारणले उन्मुक्ति पाउने परम्पराको अन्त्य हुने ठोकुवा गरे ।
यसैबीच नेपाल प्रहरीले जनताको मनजितेर अपराध नियन्त्रण तथा अन्यकार्य सम्पादनका लागि सहज पार्ने उद्देश्यले ‘प्रहरी मेरो साथी’ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले आगामी सोमबार बिहान ९ बजे देशभरका सबै जिल्लाहरुमा एकैपटक सो कार्यक्रमको उद्दघाटन गरिने कार्यक्रम तय भएको जानकारी दिए ।  उनले दिएको जानकारी अनुसार बाँकेमा विभिन्न नागरिक समाजका अगुवा तथा पेशाकर्मी स्थानीय विपिचोकमा उपस्थित भएर प्लेकार्ड व्यानरसहित धम्बोझी चोकमा पुगेर उद्दघाटन गरीने छ ।

प्रकाशित मिति : २०७३ असार २६ गते आइतबार
ताजा समाचार