२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

दुईदिने मिडिया कार्यशाला नेपालगञ्जमा शुरु



नेपालगञ्ज : डिजिटल प्रविधी र मिडिया बारे दुईदिने कार्यशाला नेपालगञ्जमा शुरु भएको छ । पत्रकारहरुले डिजिटल प्रविधीको प्रयोग, सञ्चार सामग्री उत्पादन तथा प्रकाशन, सामाजिक सञ्जालको प्रयोग, खोजमुलक रिपोर्टिङ्गमा सूचनाको हकको प्रयोग र पत्रकार आचारसंहिताका विषयमा क्षमता अभिबृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।

युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जद्वारा सञ्चालित “नागरिक समाज र मिडिया” परियोजनाअन्तर्गत दुईदिने कार्यशाला शुरु भएको छ ।

कार्यशालाको आइतवार शुभारम्भ गर्दै उच्च अदालत नेपालगञ्ज इजलासका न्यायधिश टंक गुरुङ्गले पत्रकार भनेको समाजको ऐना भएकाले सम्बेदनशिल भएर पेशा व्यवसाय गर्नुपर्नेमा जोड दिँदै कानूनको मापदण्डलाई विशेष ध्यान दिन आग्रह गरे । उनले नागरिकले बढी विश्वास गर्ने भएकाले पत्रकारले सत्य तथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै सबै क्षेत्र वर्ग समुदायको सम्बेदशिलता बुझेर मात्र पत्रकारिता गर्न आवहान गरे ।

न्यायधिश गुरुङ्गले अदालती तथा कानूनसंग जोडिएको विषयमा समाचार सम्पे्रषण गर्दा भाषा र कानूनी टर्मलोजीलाई बढी ध्यान दिनुपर्ने बताए । सूचना तथा डिजिटल प्रविधी विज्ञ टंकराज अर्यालले अहिले डिजिटल प्रविधीको प्रयोग गर्दा नागरिकले प्रयोग गर्ने विभिन्न डिभाइसको सुरक्षाका लागि खासै ध्यान नदिएकाले विभिन्न टिजिटल समस्या निम्त्याउने गरेको बताए ।

तालिममा प्रविधी अधिकार, साइबर कानून, मिडिया र डिजिटल प्रविधी, पत्रकारितामा डिजिटल प्रविधीको प्रयोग, सामाजिक सञ्जाल, फोटो, भिडियो, खोजमुलक रिपोर्टिङ्गमा सूचनाको हकको प्रयोग, सार्वजनिक सरोकारको सवाल, पत्रकार आचारसंहिता लगायतका विषयमा टंकराज अर्याल, अधिबक्ता विश्वजित तिवारी, पत्रकार कृष्ण अधिकारी, राकेशकुमार मिश्र र रुपा गहतराजले सहजीकरण गर्ने संस्थाका प्रोग्राम म्यानेजर रविन्द्रकुमार ज्ञवालीले बताए ।

उनका अनुसार संस्थाले अवधी र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोशिप कार्यक्रम सञ्चालन गरेको छ ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतबार
ताजा समाचार