नेपालगञ्जमा दिउँसो सामान लोड र अनलोड गर्न नपाइने

सदरलाइन संवाददाता २७ आश्विन २०८०, शनिबार १५:१५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले दिउँसोको समयमा ट्राफिक ब्यवस्थापनका लागि मालबाहक सवारी साधन र अन्य सवारी साधनको ब्यवस्थापनको काम अघि बढाएको छ ।

मालबाहक सवारी साधनबीच सडकमा घण्टौंसम्म रोकेर सामान राख्ने र निकाल्ने कार्यले ट्राफिक ब्यवस्थापनमा समस्या परेपछि नयाँ नियम कार्यान्वयनमा ल्याइएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

उपमहानगरपालिका भित्र मालबाहक सवारी साधनलाई विहान ९ बजेसम्म तथा साँझ ६ बजेपछि मात्र लोड अनलोड गर्न दिने नियम बनाइएको भन्दै नगर प्रमुख विष्टले नियम कार्यान्वयनका लागि नगर प्रहरीलाई निर्देशन दिइसकिएको जानकारी दिए ।

नगर प्रमुख विष्टले भने, ‘मालबाहक सवारी साधनका लागि अलग्गै नियम बनाइएपछि अब नगरभित्र ट्राफिक ब्यवस्थापनमा सुधार हुने अपेक्षा गरिएको छ ।’


यसैगरी नगरभित्र अस्तब्यस्त देखिएका ठेला ब्यवस्थापनका लागि समेत उपमहानगरपालिकाले पहल अघि बढाएको छ ।

तोकेको ठाउँमा मात्र ठेला गाडा लगाउन दिनेगरि नियम बनाइएको नगर उपप्रमुख कमरुद्धिन राईले बताए । उपप्रमुख राईले भने, ‘चोक बजारभित्रका ठेला साँझ ५ बजेपछि मात्र लगाउन पाउने र विहान ९ बजेभित्र खाली गरिसक्नुपर्ने नियम बनाएर नगर प्रहरीलाई निर्देशन दिइएको छ ।’

यसैगरी सामान ढुवानीमा प्रयोग हुने बग्गी पसल अगाडि राख्न नदिइने भएको छ । नगरपालिकाले वडा १ देखि २० सम्मका फुटपाथ हटाउन समेत नगर प्रहरी परिचालन गरेको छ । यसैगरी सडकपेटीमा राखेका घर निर्माणका सामग्री ३ दिनभित्र व्यवस्थापन गर्न प्रहरीले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगञ्जको समन्वयमा त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म तथा गणेशमान चोकदेखि चारबाहिनी रोडसम्म एकतर्फी कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठाकुरद्वारामा बाँके युनेस्कोको समिक्षा कार्यक्रम सम्पन्न

२७ आश्विन २०८०, शनिबार १५:१५
नेपालगञ्ज : बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजनाको ठाकुरद्धारामा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । सो समिक्षा कार्यक्रममा परियोजनाको प्रभाव स्तरको प्रगति, सिकाइ आदानप्रदान, असल अभ्यासबारे छलफल, दिगोपन रणनीति बारे विस्तृत रुपमा छलफल गरिएको थियो । कार्यक्रममा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाले आफ्नो उद्देश्य […]