२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

कोहलपुरमा नापी र मातपोत कार्यालय आगामी कात्तिक १ गतेदेखि सञ्चालनमा आउने



 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा स्थापना भएको नापी र मातपोत कार्यालय कोहलपुरमा उद्घाटन भएपछि विभिन्न प्राविधिक र नीतिगत कारणले १३ महिना पछि सञ्चालमा आउने भएको छ ।

माओवादी केन्द्रकी नेत्रृ तथा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमूनाले कोहलपुरमा स्थापना भएको नापी र मातपोत कार्यालय उद्घाटनको करिब १३ महिनापछि आउँदो कार्तिक १ गतेबाट कोहलपुर गोलपार्कमा भाडाको घरमा दुबै कार्यालयहरू सञ्चालनमा आउने तयारी भएको बताईन ।

कोहलपुरमा सञ्चालनमा आउन लागेका ती दुबै कार्यालयहरूले कोहलपुर र बैजनाथका सबै वडाहरू र राप्तीसोनारीका १, २, ८ र ९ नम्बर वडाहरूलाई सेवा प्रवाह गर्नेछन् ।

कोहलपुरमा नापी र मातपोत कार्यालय स्थापनाभई सञ्चालनमा आएपछि यस क्षेत्रका मनिसलाई ठूलो राहत हुने छ ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार
ताजा समाचार