नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति

सदरलाइन संवाददाता १३ आश्विन २०८०, शनिबार १३:२१
 

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् ।

चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिए ।


केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ’, उनले भने ।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए । आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उनले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए । चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

आफू देश बाहिर रहँदा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक, स्वास्थ्यकर्मी लगायतले राख्दै आएको गुनासो सम्बोधन गरेकामा प्रधानमन्त्री दाहालले धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रझेना खानेपानी उपभोक्ता समितिमा नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी

१३ आश्विन २०८०, शनिबार १३:२१
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका–३ मा रहेको रझेना खानेपानी उपभोक्ता समितिमा नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी पनि ह्वात्तै बढदै गएको छ । उपभोक्ता मतदाताको बीचमा आ–आफ्नो चुनावी एजेण्डा लिएर उम्मेदवार घरदैलोमा व्यस्त छन । असोज १६ गते हुने निर्वाचन लक्षित कार्यक्रम र एजेण्डा सहित लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार केशवराज […]