बर्दियामा युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन

सदरलाइन संवाददाता ६ आश्विन २०८०, शनिबार १३:२६
 

नेपालगञ्ज : बर्दियाका दुई वटा पालिकामा युवा महिलाहरुको व्यवसाय विकास र रोजगार पर्वद्धन गर्ने उद्देशयले युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन गरिएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजनाअन्तर्गत आयोजना गरिएका बैठक र छलफल पश्चात् ती सञ्जालहरु गठन गरिएका हुन् ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरका अनुसार पालिकास्थित बिभन्न परियोजनाको सहयोगमा १८ देखि २४ वर्षका युवा महिलाहरुलाई उनीहरुको व्यक्तिगत विकास तथा पेशागत विकास, व्यवसाय, रोजगार सम्बन्धि सिकाइ र सूचनाहरु आदान प्रदान गर्ने उद्देश्यले पैरवी सञ्जाल गठन गरिएको हो ।

उनले प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको सहजीकरणमा बर्दियाका गुलरिया र ठाकुरबाबा नगरपालिकामा नगरपालिकास्तरीय व्यवसाय बिकास र रोजगार प्रर्वद्धनकालागि युवा महिला उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन कार्य सम्पन्न भएको बताए ।


पर्ल परियोजनाका कार्यक्रम संयोजक गोविन्द लामिछानेका अनुसार स्थानिय स्तरमा तालिम प्राप्त युवालाई एकिकृत गर्न, तालिम पश्चात् कामको खोजीमा रहेका, उद्यम गर्नका लागि सहयोगको खोजीमा रहेका, काममा संलग्न भएका युवाहरुको हकहितको काम गर्न र वडा, पालिका तथा अन्य सरोकार निकायसँग सहकार्य, समन्वयमा युवाहरुको थप क्षमता विकास गर्नका लागि सञ्जालको गठन गरिएको हो ।

संयोजक लामिछानेले गुलरियामा मनीषा चौधरीको नेतृत्वमा १५ सदस्यीय र ठाकुरबाबा नगरपालिकामा नीरमा थारुको नेतृत्वमा १३ सदस्यीय पैरवी सञ्जाल गठन गरिएको बताए ।

गुलरिया नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह र महिला बिकास अधिकृत शिला साहको उपस्थिति रहेको थियो भने ठाकुरबाबामा आयोजना गरिएको कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रका रोजगार सहायक चन्द्रा चपाईको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीस्थित गौरी सामुदायिक बनमा बृक्षारोपण

६ आश्विन २०८०, शनिबार १३:२६
नेपालगञ्ज : राप्तीसोनारी ४ गौरी सामुदायिक बनमा बृक्षारोपण गरिएको छ । सिक्टा सब डिभिजन बन कार्यालय बैशाको आयोजनामा यस आर्थिक बर्षको पहिलो बृक्षारोपण गरिएको रेन्जर मान बहादुर थापाले बताए । आर्थिक बर्ष २०८०/८१ मा २८ हेक्टर जमिनमा बृक्षारोपण गर्ने लक्ष्य अनुरुप यस बर्षको पहिलो सुरुवातमा गौरी सामुदायिक बनमा ४ हेक्टर […]