हिन्दी भाषाको विकासको लागि भारतीयले विदेशीसँग हिन्दीमा कुरा गर्नुपर्छ : प्राे.एमपी शर्मा

सदरलाइन संवाददाता ३१ भाद्र २०८०, आईतवार १६:२३
 

दिल्ली (भारत) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा ‘हिन्दी भाषाको विश्वव्यापी स्थिति’ सम्बन्धी कवि सम्मेलन तथा छलफलको आयोजना गरिएको छ ।

राष्ट्रिय लोक जनशक्ति पार्टी कार्यालयमा आयोजित कार्यक्रमको शुरुवात कवि तथा अतिथिहरुलाई राजपाका राष्ट्रिय महासचिव एल्विस जोसेफ, दलित सेनाका राष्ट्रिय कोषाध्यक्ष डा रविन्द्रकुमार सिंह बौद्धिक कक्षका अध्यक्ष जियालालले स्वागत गरेका थिए । उपस्थित कविहरूमा उपेन्द्र पाण्डे, डा निवेदिता झा, रिंकल शर्मा, रणविजय राव, मनोज भावुक र डा अवधेश उपाध्याय थिए ।


कवि सम्मेलनलाई कविहरूको जोश, वीरता र प्रेम र भावपूर्ण कविताले रमाइलो बनाएको थियो । डा ब्रजेश शर्मा, पूर्व आचार्य महामती प्राणनाथ, पीजी कलेज माउ चित्रकूट र डा लवकुश कुमार, सहायक प्राध्यापक, हिन्दी विभाग, कालिन्दी महाविद्यालय, दिल्ली विश्वविद्यालय, वक्ताकोरूपमा उपस्थित रहेको कार्यक्रमको अध्यक्षता प्रा. महेन्द्र पाल शर्मा, जामिया विश्वविद्यालयले गरेका थिए ।

अध्यक्षीय सम्बोधनमा प्रा. शर्माले आफ्नो अनुभव बाँड्दै हर भारतीयले हिन्दी भाषाको विकासको लागि विदेशीहरूसँग हिन्दीमा कुरा गर्नुपर्छ, किनभने प्रायः विदेशीहरू भारतमा आउँदा भारतीयहरूले अंग्रेजीमा बोल्न थाल्छन्, उनीहरूसँग सकेसम्म हिन्दीमा कुरा गर्नुपर्छ र हिन्दी शब्दहरू प्रयोग गर्नुपर्छ भन्ने बुझाउनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रमको संचालन डा राजेश कुमार मान्झीले गरेका थिए । औपचारिक धन्यवाद मन्तव्य सार्क पत्रकार मञ्चका अध्यक्ष डा अनिरुद्ध कुमार सुधांशुले राखेका थिए । कार्यक्रममा रामजी सिंह, सुभाष बिहारी, आनन्द कुमार, रवीन्द्र पासवानको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवार हरितालिका तीज श्रद्धाभावका साथ मनाईंदै

३१ भाद्र २०८०, आईतवार १६:२३
नेपालगञ्ज : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व सोमवार देवाधिदेव महादेवको पूजा आराधना गरी मनाईंदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति […]