बाल क्यान्सरको उपचार सेवा शुरु गरिँदै

सदरलाइन संवाददाता ३० भाद्र २०८०, शनिबार १५:०५
 

खजुरा (बाँके) : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा केही दिनमै बाल क्यान्सरको उपचार सेवा सुरु गरिने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बाल क्यान्सर रोगको उपचार अगाडि बढाउने गरी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई बाल क्यान्सरका लागि विश्व स्वास्थ्य सङ्गठनको साझा हेरचाह केन्द्र (सेयर केयर सेन्टर) को रूपमा तोकेको अस्पताल विकास समितिका अध्यक्ष मल्लले बताए ।

अध्यक्ष मल्लले भने, ‘पश्चिम नेपालमा रहेका क्यान्सर भएका बालबालिकाको सहज उपचारका लागि यहाँ उपचार सेवा सुरु गर्न लागेका छौँ ।’ अस्पतालमा बाल क्यान्सरको उपचार सुरु गर्न विशेषज्ञ चिकित्सक राख्ने तयारी गरिएको जानकारी दिँदै अध्यक्ष मल्लले दसैँअघि नै बाल क्यान्सरको उपचार सेवा अस्पतालमा सुरु गरिने बताए ।


हाल अस्पतालमा उपचारका लागि आउने क्यान्सर भएका बालबालिकालाई चितवनलगायतका अन्य क्यान्सर अस्पतालमा रिफर गर्ने गरिएको छ । अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन् । तीमध्ये बालबालिका समेत उपचारका लागि आउनेगरेको अस्पताल विकास समितिले जनाएको छ ।

खजुरा क्यान्सर अस्पतालमा पाठेघर, स्तन तथा थाइराईडलगायत शरीरका विभिन्न स्थानमा हुने क्यान्सरको उपचार हुनेगरेको छ । अस्पतालमा आउने जुनसुकैखाले क्यान्सरका बिरामीले सहज सेवा प्राप्त गर्न सक्नेगरी विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्न खोजिएको अस्पताल विकास समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जीवनभर छाडेन डुडुवाको डरले

३० भाद्र २०८०, शनिबार १५:०५
नेपालगञ्ज : खेतीयोग्य जमिन कटान गर्दै डुडुवाखोला घर नजिकै आएपछि नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवा नयाँबस्तीका भीमबहादुर वली विस्थापित भए । एक पटक विस्थापित भइसकेका उनलाई अझै पनि डुडुवाको डरले छाडेको छैन । ‘बस्तीमै बाढी आएपछि विस्थापित भएर अलि टाढा स¥यौँ, यहाँ पनि डुडुवाले छाडेको छैन’, वलीले भने, ‘गरिखाने खेत खोलाले बगाउँदै […]

सम्बन्धित