एमाले नेता नेम्वाङको अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती

सदरलाइन संवाददाता २८ भाद्र २०८०, बिहीबार १४:५१
 

काठमाण्डौ : नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । राजकीय सम्मानसाथ गरिएको अन्त्येष्टिमा उनका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । नेपाली सेनाको एक टुकडीले स्वर्गीय नेम्वाङप्रति शोक धुन बजाएर सम्मान व्यक्त गर्यो ।

अन्त्येष्टि कार्यक्रममा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित दलका नेताहरु, एमालेका नेताहरु आर्यघाट पुगेका छन् । पूर्व सभामुखसमेत रहेका नेता नेम्वाङको भदौ २६ गते मंगलबार राती १ः५० बजे निधन भएको थियो ।


नेता नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएका थिए । सो अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित सरकारका मन्त्रीहरु, सांसदहरु, पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दरबन्दीबिना चलेको बिशिष्टकृत क्यान्सर अस्पताल

२८ भाद्र २०८०, बिहीबार १४:५१
नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आठ बर्षअघि सरकारलाई हन्तान्तरण गरिएको भए पनि हालसम्म दरबन्दी कायम हुन सकेको छैन । सरकारलाई हस्तान्तरण गरी हाल सङ्घीय सरकार मातहत रहेको यो अस्पतालमा एकजना पनि दरबन्दी कायम हुन नसक्दा उपचार सेवा प्रभावित भइरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी […]